कांग्रेसले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित « Khabarhub

कांग्रेसले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकाे निरन्तर सदन अवराेध पछि प्रतिनिधि सभा बैठक स्थगित भएकाे छ । दोस्रो पटक पनि बैठकमा निरन्तर कांग्रेसले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।

अर्को जेठ १ गते बेलुका ६ बजेसम्मका लागि स्थगित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।  उनले कार्यसूचीबाट सबै कार्यक्रम हटाएको भन्दै बैठक जेठ १ गते बस्ने जानकारी गराए ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले छानबिन समिति बनाउन माग गरिरहेको छ ।

हिउँदे अधिवेशनमा पनि कांग्रेसले लामिछानेमाथि समिति बनाएर छानबिन गर्नुपर्ने भन्दै निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो ।

त्यसपछि बजेट अधिवेशनको तयारी हुन चाहिने समयभन्दा एक साताअगाडि नै हिउँदे अधिवेशन सरकारले अन्त्य गरेको थियो ।

बजेट अधिवेशनको सुरु दिनमै कांग्रेसले अवरोध गरेको भन्दै सत्ता पक्षका संसद् रिसाएका छन् ।

कांग्रेस गृहमन्त्री माथि छानबिन समिति नबनेसम्म ब्याग नहुने अडान लिइरहेको छ । तर सत्ता पक्ष व्यक्तिका नाममा  छानबिन समिति बन्न नसक्ने तर्क गरिरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : ५८ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो