बैतडीको पाटनमा भारतको सहयोगमा बन्न लागेको विद्यालय भवन शिलान्यास | Khabarhub Khabarhub

बैतडीको पाटनमा भारतको सहयोगमा बन्न लागेको विद्यालय भवन शिलान्यास


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको पाटन नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवनको शिलान्यास गरिएको छ।

पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारतको  ३ करोड १० लाख आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा बन्न लागेको भूमेश्वर माध्यमिक विद्यालयय भवनको शुक्रबार संयुक्त रुपमा शिलान्यास गरे ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थित थिए ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले विद्यालय भवन ब्लक–ए र ब्लक–सीको निर्माणमा उपयोग गरिनेछ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने दूतावासले जनाएको छ ।

यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको दूतावासको भनाइ छ ।

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ५२ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये