गगनलाई रविको प्रश्न : सहकारीमा ऋण मागेको प्रमाणित नभए राजनीति छोड्न तयार हो ? « Khabarhub

गगनलाई रविको प्रश्न : सहकारीमा ऋण मागेको प्रमाणित नभए राजनीति छोड्न तयार हो ?


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाणित गर्न चुनौति दिएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफैले फारम भरेर उक्त सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिए राजनीति छोड्ने बताएका हुन् । उनले आफूले ऋण मागेको प्रमाणित नभए राजनीति छोड्न तयार हो कि होइन भनेर गगनलाई प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेकोलिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो ? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन।’

आफूलाई एक पटक सदनमा बोल्न दिन रविले माग गरेका छन् । संसदीय छानबिनसँग नडराएको उल्लेख गर्दै रविले संसदीय छानबिन समिति मागको दोकान बन्द हुनुपर्ने बताएका छन् ।

‘म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने ? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने ? घेराउ गर्ने? अझ डारायो भन्ने? यहि हो कांग्रेसको लोकलन्त्र?’ रविले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : ३६ बजे

रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत