ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते | Khabarhub Khabarhub

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सुस्ता पश्चिम – पश्चिम नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सुस्ता गाउँपालिका–५ तरैनीका १३ वर्षीय गोलु (राहित) कँकर रहेका छन् ।

सुस्ता–३ स्थित विगैपको भित्री सडकखण्ड कुडियादेखि रतनगञ्ज जाँदै गरेको लु ३ त २८४ नं को ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा कँकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

घाइते भएका कँकरलाई उपचारका लागि जिल्लास्थित पृथ्वी चन्द्र अस्पतालमा पु-याएपछि चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बोहराले बताए ।

यसैगरी ट्याक्टर दुर्घटनामा सुस्ता–४ नर्सहीका २१ वर्षीय सुकई मल्लाह गम्भीर घाइते भएका छन् । उनलाई जिल्ला अस्पतालबाट रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ९ : २१ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः