चतराधाममा पूर्ण महाकुम्भ मेला सम्पन्न | Khabarhub Khabarhub

चतराधाममा पूर्ण महाकुम्भ मेला सम्पन्न


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

मोरङ – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सम्पन्न भएको छ । गत चैत्र २७ गतेदेखि सुरु भएको उक्त बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आज समापन भएको हो ।

१२ वर्षपछि आयोजना भएको उक्त मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए। समापन समारोहमा मुख्य सचिव डा बैकुण्ठ अर्यालले प्रमुख अतिथि रहेका थिए । चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीय अर्थात् वैशाख २८ गतेसम्म गरी ३२ दिन कुम्भ मेला सञ्चालन भएको हो ।

मेलाको अन्तिम दिन समापन महास्नान कौशिकी गङ्गामा गरिएको थियो । कौशिकी गङ्गामा भएको स्नानमा जगदगुरु बालसन्त मोहन शरणसँगै सरकारका मुख्य सचिव डा अर्याल, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलसहित जनप्रतिनिधिहरू, देश विदेशका सन्त महन्त लगायत श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो ।

उक्त मेलामा हजारौँ भक्तजनको सहभागिता रहेको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख कार्कीले बताए। बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा भक्तजनको आगमन हेर्दा चतराधाममा कुम्भ मेला स्थापित भएको जगतगुरू बालसन्त महाराजको भनाइ रहेको छ ।

शास्त्रीय मान्यताअनुसार नेपालमा रूद्राक्षको वनमा अमृतको तरलाई पिण्ड बनाएर स्थापना गरिएपछि यसै स्थानमा कुम्भको राजधानीका रूपमा मेलाको प्रचलन सुरू गरिएको जगतगुरू देवाचार्य बताए ।

चतराधाममा पहिलो पटक २०५९ साल चैत ६ गते कुम्भ मेला धार्मिक महोत्सवका रूपमा प्रारम्भ भएको थियो । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ ।

यसैगरी विसं २०६३ चैत ६ गतेदेखि एक महिनासम्म अर्धकुम्भका रूपमा प्राचीन हरिद्वार चतरामा मेला लागेको थियो ।यसअघि विसं २०७० मा १२ वर्षे महाकुम्भ मेला आयोजना गरिएको थियो । यहाँ अर्धकुम्भ मेला विसं २०७५ र ०७६ मा लागेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ९ : ५५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको