हिंसा चर्किएपछि भारतको मणिपुरमा इन्टरनेट नै बन्द « Khabarhub

हिंसा चर्किएपछि भारतको मणिपुरमा इन्टरनेट नै बन्द


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – जातीय झडपले उग्ररूप लिइरहँदा भारतको मणिपुर राज्य सरकारले इन्टरनेट प्रतिबन्ध लगाएको छ । मङ्गलबार एक आदेश जारी गर्दै राज्य सरकारले आगामी पाँच दिनसम्म इन्टरनेट सेवा प्रयोगमा अस्थायी रोक लगाइदिएको हो ।

मणिपुरमा हिन्दु मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि झडप भइरहेको छ । सो झडप रोक्न र त्यहाँको खराब अवस्था सार्वजनिक हुन नदिन राज्य सरकारले इन्टरनेटमाथि प्रतिबन्ध लगाइएको राज्य सरकारले जनाएको छ ।

मेइतेई बहुल इम्फाल इष्ट, इम्फाल वेष्ट र थौबल जिल्लामा मङ्गलबार विहान ११ बजेदेखि कर्फ्यू पनि लगाइएको छ । सो राज्यमा १० दिन अघिदेखि नयाँ चरणको हिंसा भड्किएको छ । विद्यार्थीहरूले प्रदेश राजधानी इम्फाल र आसपासका क्षेत्रमा सडक प्रदर्शन गरिरहेका छन्‌ ।

विद्यार्थीहरूले राज्यका प्रहरी प्रमुखलाई बर्खास्त गर्नुपर्ने माग राख्दै विरोध र्‍याली निकालेका थिए । सो क्रममा सुरक्षाबलसँग भएको झडपमा मंगलबारमात्रै १०० भन्दा बढी विद्यार्थीहरू घाइते भएका छन्‌ ।

तनाव बढेपछि मणिपुर सरकारको गृह विभागले मङ्गलबार दिउँसो ३ बजेदेखि सेप्टेम्बर १५ को दिउँसो २ बजेसम्मका लागि लीज लाइन, भीस्याट, ब्रोडब्याण्ड र भीपीएन सेवासहित इन्टरनेट र मोबाइल डाटा सेवा रोक्न/अस्थायी निलम्बन गर्न आदेश जारी गरेको हो ।

गृह विभागले सो आदेशमा ‘केही असामाजिक तत्वद्वारा जनता भड्काउन सामाजिक सञ्‍जालको दूरुपयोग गरी फोटो, अभद्र भाषा र घृणास्पद भिडियो सामग्री फैलाएकाले इन्टरनेट बन्द गर्ने फैसला लिएको’ जनाएको छ ।

केही महिनाको सामान्य शान्तिपछि दुई समुदायबीच फेरि शत्रुता बढेपछि झडपमा गत हप्ता कम्तीमा ११ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरूले प्रहरीसँग हतियार खोसी गोली हानेको विज्ञप्तिमा उल्लेख छ । मणिपुरको स्थानीय सरकारले अर्को आदेश नआउन्जेल पूर्ण कर्फ्युको घोषणा गरेको छ ।

प्रदर्शनकारीहरूले गत हप्ता ‘इम्प्रोभाइज्ड’ प्रक्षेप्य हतियार र ड्रोन आक्रमण गरेको आरोपमा कारबाहीको माग गरेपछि प्रहरीले मणिपुरमा हिंसाको वृद्धि भएको प्रहरीले जनाएको छ ।

मेइतेई र कुकी समुदायहरू बिच लामो समयदेखि चलिरहेको द्धन्द्ध भूमि तथा सार्वजनिक रोजगारीको प्रतिस्पर्धाको विषयमा केन्द्रित छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : ०५ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक