पावर प्लेमा पाकिस्तानको राम्रो ब्याटिङ « Khabarhub

पावर प्लेमा पाकिस्तानको राम्रो ब्याटिङ


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा अहिले भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ ।

भारतले दिएको एक सय १९ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले पावर प्लेमा राम्रो प्रदर्शन गरेको छ । ६ ओभरकाे खेल सकिँदा पाकिस्तानले एक विकेटको क्षतिमा ३५ रन बनाएको छ ।

अहिले मोहम्मद रिजवान १७ रन बनाएर क्रिजमा छन् । उनलाई उसवान खानले साथ दिइरहेका छन् । यसअघि पाकिस्तानका कप्तान बाबर आजम १० बलमा दुई चौकासहित १३ रन बनाएर आउट भएका छन् ।

त्यसअघि न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनायो ।

भारतका लागि विकेट किपर ब्याट्सम्यान ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गरेका पन्तले सात चौका प्रहार गरेका थिए ।

त्यस्तै ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीको ब्याटिङ पनि चल्न सकेन । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके ।

अक्षर पटेल १८ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भए ।त्यस्तै सुर्यकुमार यादव ७, शिवम दुवे ३, र रविन्द्र जडेजा शुन्य रनमा आउट भए ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रउफले तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका शाहले २१ रन खर्चिएका थिए । त्यस्तै मोहम्मद अमिरको नाममा दुई विकेट रहँदा साहीनशाह अफ्रिदिले एक विकेट लिए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १२ : १६ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग