गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदै « Khabarhub

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटको पेसी आजका लागि तोकिएको छ ।

उक्त रिटमा जेठ २० गते पहिलो सुनुवाइ भएको थियो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दालाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिँदै अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबीच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै आजका लागि पेसी तोकेकोे थियो ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको थियो ।

न्यायाधीश श्रेष्ठको इजलासले लामिछानेमाथि विभिन्न जिल्लामा रहेका अभियोग पत्र र जाहेरीसहित इजलासमा पेस गर्न समेत आदेश दिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताहरुले २०८० साल माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित विभिन्न १८ व्यक्ति तथा संस्थाविरुद्ध पूरक जाहेरी दिएका थिए । अदालतले सोही पूरक जाहेरीको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको हो ।

यस्तै अदालतले महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेको नाममा कुनै उजुरी नपरेको भन्दै लेखेको पत्रको प्रतिलिपि झिकाउन पनि आदेश दिएको छ ।

रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्तविपरीत समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : ५२ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको सन्देश : एक्लिन तयार छु, अब पछि हट्दिनँ

काठमाडौं- २०७८ साल मंसिर १० गते चितवनमा भएको दशौँ महाधिवेशनबाट

पशुपति क्षेत्रलगायत पवित्र तीर्थस्थलमा शतबीज छर्नेहरूको भीड (तस्बिर)

काठमाडौं– हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बाला चतुर्दशी

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । उपसभामुख बबिता राउत

गहुँ छर्ने समयमा किसानलाई मल अभाव

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका– ३ की काजल चौधरी सहकारी संस्थामा

देवघाटधाममा शतबीज छर्नेको घुइँचो

तनहुँ– पितृ उद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको