बिकेका विद्वान र मौन नागरिक | Khabarhub Khabarhub

बिकेका विद्वान र मौन नागरिक



खोजेजस्तो, रोजेजस्तो संसार कहाँ छ ? कतै रोग, कतै भोक, कतै धार्मिक, कतै आर्थिक त कतै आर्थिक न्यायको खडेरी छ। कतिपय देश युद्धको भुमरीमा परेर लाखौं परिवार छिन्नभिन्न भएका छन्। समृद्ध मुलुकमा मानवीय व्यवहार र संस्कारको खडेरी छ। दिनदहाडै एउटा सन्काहाले स्कुले बच्चा भुटेको छ। सम्पन्नताको उन्मादले धनी राष्ट्रले त्राही त्राही बढाएका छन्। गरिब मुलुक खाना, नाना र छानाको समस्याबाट जनतालाई त्राण दिन नसक्दा आलोचित बनेका छन्।

इराक, अफगानिस्तान, पाकिस्तान, इजरायल सधैं अशान्त छन्। यद्यपि राज्यभित्रको चुरोलाई उनीहरुले खल्बल्याएका छैनन्। आर्थिक संकटको जर्जर अवस्थाबाट गुज्रिएको श्रीलंका आफैंले आफैंलाई मल्हम लगाएर तंग्रिदैछ। गरिबीले लाभाले वर्षौं पिल्सिएको अफ्रिकी मुलुक इथियोपिया आर्थिक विकासको कायाकल्प खडा गर्दैछ।

बंगलादेशले टेक्सटाइलमा विश्व बजारमै उधुम मच्चाउँदै छ। राजनीतिक नेतृत्व थोरै इमान्दार भए बादलमा चाँदीको घेरो देखिन्छ भन्ने उदाहरण हो यो।

कतै समृद्धि छ, मानवता छैन। मानवता भए ठाउँमा समृद्धि छैन। कतै जनता उद्यमी छन, राजनीति भाँड्भैलो छ। कतै सबै अनुकूल हुँदाहुँदै प्रकृतिले कायाकल्प मच्चाएको छ। विश्व पेरिफेरिमा देखिने अनेक दृश्यको तुलनामा हामी नेपाली यति भाग्यमानी छौं कि यति सुन्दर भौगोलिक संरचना, स्वच्छ हावापानी, पारिलो घाम, पर्याप्त जलभण्डारको संयोग विरलै पाइन्छ। यति हुँदाहुँदै पनि मिलको फित्ताजस्तै यात्रा तय गर्न नसकेको घुमाइले हामी सधैं एउटै एजेण्डामा दशकौंदेखि फनफनी घुमिरहेका छौं।

विश्व पेरिफेरिमा देखिने अनेक दृश्यको तुलनामा हामी नेपाली यति भाग्यमानी छौं कि यति सुन्दर भौगोलिक संरचना, स्वच्छ हावापानी, पारिलो घाम, पर्याप्त जलभण्डारको संयोग विरलै पाइन्छ।

आधारभूत आवश्यकताका पीडादायी कथा पुस्तौनी घोक्नु नै नियति बन्दै आएको छ। यति हुँदाहुँदै पनि समग्र असन्तुष्टि सँगै हामीसँग जीवित रहेको एउटै मात्र वस्तु हो- आशा।

यो धरा यस्तै कुप्रवृति र कुच्सित स्वार्थी आचरण भएका व्यक्तिका कारणले मात्र बिथोलिँदै गएको हो त ? कि यसमा शिक्षित र एलिट वा बुद्धिजीवी भनेर चिनिएका व्यक्तिहरु पनि बराबरको हिस्सेदार छन् ? यो प्रश्नको उत्तर सजिलो पक्कै लाग्दैन।

वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको एउटा भनाइ सान्दर्भिक छ- ‘संसार केवल नराम्रा तत्त्वका कारणले मात्र खतरनाक बन्दै गएको पक्कै होइन, यसमा देखेर र सुनेर पनि चुप लाग्ने जान्नेसुन्ने (बुद्विजीवी)हरु पनि उत्तिकै जिम्मेवार छन्।’ यी कुरा पुष्टि गर्न विश्वघटनामा छिर्न आवश्यक नै छैन। भर्खरकै प्रकरण हेरे पुग्छ। कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयमा नेपाली समाज र मिडिया विभाजित बनिदियो। ठीक र बेठीकको बहसमा।

सामान्य व्यक्तिदेखि कथित बुद्धिजीवीको विभाजित तप्काले सिरोहिया र अर्को समूहले रवि लामिछानेलाई देवता बनाइदियो। उनीहरुको यो विभाजित कार्यले कुनै व्यक्तिलाई देवकत्वकरण प्राप्त गर्यो। त्यस्तै अर्को उदाहरण, एउटा मेटाफोर। वर्षाऋतु मध्यमा बाढी आएको धोबीखोला देखाउँदै एक युवा नेताले भने- ‘अहा ! यो बागमती नदीको पानी कति सफा छ।’

वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको एउटा भनाइ सान्दर्भिक छ- ‘संसार केवल नराम्रा तत्त्वका कारणले मात्र खतरनाक बन्दै गएको पक्कै होइन, यसमा देखेर र सुनेर पनि चुप लाग्ने जान्नेसुन्ने (बुद्विजीवी) पनि उत्तिकै जिम्मेवार छन्।’

नेतासँग काँधै जोडेर उभिएका आफ्नो नाम अगाडि डा. लेख्ने व्यक्तिमात्र हैन कखरामात्र चिनेका कार्यकर्ताको परररर ताली सुनियो। नेताको उक्त बोलीमा समर्थन जनाउँदै सही भन्नुभयो- नेताज्यू भन्ने आवाज पनि थुप्रैको कानमा ठोक्कियो। यो उदाहरणलाई स्मरण मात्र गर्ने हो भने वर्तमान समाजका नायक र उनीहरुको समर्थनमा ताली पिटिरहने अन्ध समर्थकका कारण कसरी समाज अधोगतितर्फ लागेको छ भनेर भन्न सायद हिच्किचाउनु नपर्ला।

यी सबै दृश्य देखेपछि प्रश्न गर्न मन लाग्छ- तपाईँले हासिल गरेको डिग्री र तपाईंको मेहनत यी यस्तै झूठ मलजल गर्न मात्र हो त ? सक्षम, शिक्षित र ज्ञानी सुन्छ तर आवश्यकताभन्दा बढी बोल्दैन। अर्को व्यक्ति झुठमा सही थाप्छ र झोला बोकेर भ्रष्ट नेताको पछि लाग्छ अनि राजनीतिक निरक्षरताको प्रदर्शन गर्छ। ऊ त्यसबेल नतमस्तक भई प्रत्येक राजनीतिक निर्णयमा साक्षी किनारमा बस्न बाहेक आफनो विद्वता सही ठाउँमा प्रदर्शन गर्दैन भने ऊ पक्कै पनि अज्ञानी हो।

माफ गर्नुहोला, यिनीहरुको पीएचडी केवल एक कागजको खोस्टाभन्दा अर्को केही होइन भन्न बाध्य हुनुपर्छ। अनि यस्तै कार्यका कारक तत्वहरु सामाजिक अस्तित्व र प्रगतिको बाधक मात्र होइन, यिनको राजनीतिक साक्षरतालाई पनि चित्रण गर्दछ। राजनीतिमा चलेको शब्द नै राखेर भन्नुपर्दा, यिनीहरुकै कारण हाल राजनीतिको छवि धुमिल बनिरहेको छ। जबसम्म यस्ता व्यक्तिले आफ्नो सही जिम्मेवारी बहन गर्दैनन्, भ्रष्ट नेताले यिनीहरुलाई उपयोग गरिरहन्छन्। जसको परिणाम आउने पिंढीमा समेत यसको नकारात्मक प्रभाव पर्न जान्छ भन्नेमा दुईमत छैन।

बुद्धिजीवीले केवल आफनो मनोवृत्तिमा परिवर्तन ल्याउन आवश्यक छ किनकि समाजलाई साच्चिकै जागृत गराउन र गलतलाई गलत भन्ने प्रवृतिको विकास गर्न सकियो भने मात्र समाजलाई सही बाटोमा डोहोर्याउन सफल भइनेछ।

आफूसँग भएको बौद्धिकता र राजनीतिक साक्षरता सही स्थानमा प्रयोग गर्नाले मात्र नेता, जनप्रतिनिधि र सरकारलाई जवाफदेही बनाउन मद्दत पुर्याउँछ। राजनीतिकरूपमा साक्षर र गलत कार्यको आलोचक हुनु भनेको न त राजनीतिक व्यवस्थाप्रति असमर्थक हुनु हो, न त प्रतिपक्षको प्रशंसक हुनु नै हो।

बुद्धिजीवीले केवल आफनो मनोवृत्तिमा परिवर्तन ल्याउन आवश्यक छ किनकि समाजलाई साच्चिकै जागृत गराउन र गलतलाई गलत भन्ने प्रवृतिको विकास गर्न सकियो भने मात्र समाजलाई सही बाटोमा डोहोर्याउन सफल भइनेछ।

नेपालका नेताहरु जनता सधैंभरि भुइँमान्छे भएको मात्र हेर्न चाहान्छन्। जनता जान्ने बुझ्ने भए भने हाम्रो शासनसत्ता नै संकटमा पर्ने मूल्यांकन र सोचका भएका राणाहरुले स्कुल खोल्न र पढ्न प्रतिबन्ध लगाएका थिए। अहिलेका नेताहरु पनि जनता सम्पन्न भएको, शिक्षित भएको र देश सम्मृद्ध भएको सायद यही कारणले हेर्न चाहान्नन् भन्ने कुराको पुष्टि हुन लागेको छ।

नागरिक तहले बुद्धिजीवीलाई परिवर्तनका संवाहक ठान्छ। तर परिणाम उल्टो देखियो। बुद्धिजीवी रोबर्ट निस्किए।

नेता र बुद्धिजीवीमा मुख्यतया आफनो ज्ञान, क्षमता र समाज बनाउने दृढ इच्छाशक्ति हुनुपर्ने हो। अझ बुद्धिजीवी त सचेत हुनका साथै समाजलाई जागृत गर्न जिम्मेवार बन्नुपर्ने हो। तर राजनीतिक नेताहरुमा कुनै अदृश्य शक्तिसँग अर्कोभन्दा आफू नजिक हुने होडबाजीका कारण उनीहरु प्रति जनताको आस्था क्षयीकरणको अवस्थामा छ। नागरिक तहले बुद्धिजीवीलाई परिवर्तनका संवाहक ठान्छ। तर परिणाम उल्टो देखियो। बुद्धिजीवी रोबर्ट निस्किए।

कवि जोन मिल्टन आफ्नो समयमा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर थिए। उनी आफूलाई लागेको कुरा स्वतन्त्र रूपमा कविता मार्फत उजागर गर्ने गदर्थे। यस्तै, अर्का कवि एडमण्ड बर्क पनि एक आलोचक र कुशल बहसकर्ता थिए। उनीहरुको तर्क राजनीतिक नेतालाई खुशी बनाउने भन्दा पनि सिद्धान्तमा आधारित समाज रूपान्तरणमा लक्षित हुन्थ्यो। यिनीहरुको तर्क नैतिक मूल्य मान्यता र सामाजिक सरोकारमा आधारित हुन्थे ,न कि नेताका भाषणमा। यता नेपालमा बुद्धिजीवीहरुको एउटा तप्का स्वतन्त्रभन्दा पनि आफूलाई पार्टीगत बुद्धिजीवी भनेर चिनिनुमा गर्व गरिरहेको पाइन्छ।

शिक्षित र बुद्धिजीवीले सार्वजनिक सरोकारमा पृथक विचार मात्र राख्दैनन् , उनीहरुले त कतिपय समसमायिक वा ऐतिहासिक विषय र त्यसको वास्तविकतामा आधारित विश्लेषण गर्नु र सर्वहिताय बन्नुपर्छ भन्ने आम बुझाई हो। म फेरि पनि भन्छु, बुद्धिजीवीले त नेता र सरकारका सारथीहरुबाट ओकलिएका झूटलाई पर्दाफास गर्ने हो, सही विश्लेषण गर्ने हो, अर्थात् सहीलाई सही र गलतलाई गलत भन्ने आँट गर्ने हो।

बुद्धिजीवीले त नेता र सरकारका सारथीहरुबाट ओकलिएका झूटलाई पर्दाफास गर्ने हो, सही विश्लेषण गर्ने हो, अर्थात् सहीलाई सही र गलतलाई गलत भन्ने आँट गर्ने हो।

तर फेसबुक र एक्सजस्तो सामाजिक संजालमा आफनो विद्वता निजी विचार भन्दै प्रस्तुत गरिरहँदा कतै कुनै नेता वा कुनै व्यापारी वा कसैको चाकडी गरेको गन्ध त आइरहेको छैन ? भन्ने कुरामा पनि हेक्का रहनुपर्छ। कुनै एक राजनीतिक दल वा नेताको भाषणा वा अन्तरर्वार्तामा टेकेर यो मेरो निजी विचार भन्दै सामाजिक संजालमा लेख्दैमा आफूलाई बुद्धिजीवी हुँ भनेर घमण्ड गर्ने व्यक्तिको परिचय त्यो झुठको खेती गर्ने नेताको खरो कार्यकर्ता भन्दा अर्को केही हुँदैन।

मैले कति जना मेरा स्वघोषित बुद्धिजीवीका साथीका स्टाटसमा प्रचण्ड फ्यान, केपी फ्यान, देउवा फ्यान, रवि फ्यान आदि इत्यादिका फ्यान भनेर घोचपेच गर्ने गरेको छु तर देशमा विद्यमान हजारौं समस्या नदेखेर अन्धभक्त भई एउटै व्यक्ति वा व्यक्तिवादी विषयमा धारावाहिक आफनो धारणा राख्ने मेरा अग्रज र मित्रहरुलाई अलिकति भए पनि खोचपेचले झक्झक्याउँछ कि भनेको त बरु उल्टै मलाई उनीहरु नै आफनो राजनीतिक स्वतान्त्रता, सूचनाको स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रतामाथि किन धावा बोलेको भन्दै प्रश्न तेर्स्याएको पाउँछु।
– देश नबन्ने भयो।
– महँगीले आकाश छोयो।
– स्वास्थ्य र शिक्षा सर्वसुलभ भएन, बिल तिर्न कठिन भयो।
– बाटोघाटो हिँडी नसक्नु भयो।
– भ्रष्टाचार मौलायो, कमिशनको खेल भयो।
– मालपोत कार्यालयमा घुस नदिई फायल अघि सरेन।
– ट्याक्स तिर्न घुस खुवाउनु पर्यो।
– खोलामा पुल बनेन, बनेको पुल दुई महिना पनि टिकेन।
– नेता भ्रष्टाचारी भए, गरेको बाचा पूरा गरेनन्।
आदि जस्ता उल्लेखित बुँदाहरूमा तपाईं जस्ता बुद्धिजीवीहरु असहमत हो वा नेता वा पार्टी नै सर्वेसर्वा प्रभु हो भन्ने लाग्छ भने अब सचेत जनताले फेरि प्रश्न तेर्स्याउने छन्- अनि बन्छ त देश ?

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ९ : १९ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ