फ्रान्सका राष्ट्रपतिबाट संसद विघटन, दुई चरणमा निर्वाचन « Khabarhub

फ्रान्सका राष्ट्रपतिबाट संसद विघटन, दुई चरणमा निर्वाचन


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गरेका छन्। संसद विघटनसँगै उनले जुन ३० र जुलाई ७ गरी दुई चरणमा तल्लो सदन नेशनल एसेम्बलीको निर्वाचन घोषणा गरे ।

दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियनको चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि उनले आकस्मिक रुपमा संसद भंग गर्ने निर्णय गरेका हुन्।

बीबीसीका अनुसार युरोपेली संसदको मतदानमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको नेसनल र्‍यालीले ठूलो जित हासिल गरेपछि उनले संसद् भंग गरेका हुन् ।

एक्जिट पोलले दक्षिणपन्थी पार्टीले ३२ प्रतिशत भोट जित्ने बाटोमा रहेको देखाएको छ । जुन क्याक्रोनको रेनसेन्स पार्टीको भन्दा दोब्बर बढी मत हो ।

फ्रान्सको ईयू चुनावमा मतदान बन्द भएको र एक्जिट पोल घोषणा भएको एक घण्टापछि एलिसी प्यालेसबाट टेलिभिजनमार्फत म्याक्रोनले नाटकीय र आश्चर्यजनक रूपमा उक्त घोषणा गरेका हुन् ।

राष्ट्रिय र्‍यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले संसदीय निर्वाचनको आह्वान गर्न राष्ट्रपतिलाई आह्वान गरेपछि उनले संसद भंग गरी निर्वाचनको घोषणा गरे ।

म्याक्रोनको कार्यकाल पूरा हुन अझै २ वर्ष बाँकी थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ९ : ४६ बजे

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित