फ्रान्सका राष्ट्रपतिबाट संसद विघटन, दुई चरणमा निर्वाचन « Khabarhub

फ्रान्सका राष्ट्रपतिबाट संसद विघटन, दुई चरणमा निर्वाचन


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गरेका छन्। संसद विघटनसँगै उनले जुन ३० र जुलाई ७ गरी दुई चरणमा तल्लो सदन नेशनल एसेम्बलीको निर्वाचन घोषणा गरे ।

दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियनको चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि उनले आकस्मिक रुपमा संसद भंग गर्ने निर्णय गरेका हुन्।

बीबीसीका अनुसार युरोपेली संसदको मतदानमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको नेसनल र्‍यालीले ठूलो जित हासिल गरेपछि उनले संसद् भंग गरेका हुन् ।

एक्जिट पोलले दक्षिणपन्थी पार्टीले ३२ प्रतिशत भोट जित्ने बाटोमा रहेको देखाएको छ । जुन क्याक्रोनको रेनसेन्स पार्टीको भन्दा दोब्बर बढी मत हो ।

फ्रान्सको ईयू चुनावमा मतदान बन्द भएको र एक्जिट पोल घोषणा भएको एक घण्टापछि एलिसी प्यालेसबाट टेलिभिजनमार्फत म्याक्रोनले नाटकीय र आश्चर्यजनक रूपमा उक्त घोषणा गरेका हुन् ।

राष्ट्रिय र्‍यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले संसदीय निर्वाचनको आह्वान गर्न राष्ट्रपतिलाई आह्वान गरेपछि उनले संसद भंग गरी निर्वाचनको घोषणा गरे ।

म्याक्रोनको कार्यकाल पूरा हुन अझै २ वर्ष बाँकी थियो ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ९ : ४६ बजे

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला