अकबरे खुर्सानीका फाइदा र बेफाइदा  « Khabarhub

अकबरे खुर्सानीका फाइदा र बेफाइदा 


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अकबरे खुर्सानीकाे बास्ना याद गर्नुहोस् त । पक्कै पनि मुखबाट पानी आयो होला । विशेष गरी अरु खुर्सानी तर्कारीमा वा खानाका परिकारलाई मिठो र स्वादिलो  बनाउनको प्रयोग गरे पनि अकबरे चाहिँ टोकेर नै खाउँ है भन्ने धेरैको धारणा हुन्छ ।

खुर्सानी एउटा पूरक मसला हो । यसले पिरो भएकोले खानालाई स्वादिलो बनाइदिन्छ । यसका बियाँमा बढी पिरोपन हुन्छ । ताजा हरियो खुर्सानीमा एन्टिअक्सिडेन्ट बढी पाइन्छ भने सुकेकोमा कम पाइन्छ ।

खुर्सानीको पिरो हुने तत्त्वलाई क्याप्सिसिन भनिन्छ।  नेपालको सबै भूभागमा यसको उत्पादन हुने भएता पनि पहाडी भूभागमा यसको राम्रो उत्पादन हुने गरेको पाइन्छ । अकबरे खुर्सानीलाई कतिपय ठाउँमा डल्ले खुर्सानी पनि भन्ने गरिन्छ ।

यसका फाइदाहरूका बारेमा जानौँ । 

१.  नियमित यो खुर्सानीको सेवनले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन्छ ।

२.  श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाई अक्सिजन लिने प्रक्रिया बढाउँछ ।

३. भोक लगाउने प्रक्रिया कम गर्छ र शरीरको तापक्रम बढाउनुका साथै क्यालोरी जलाउने काम गर्छ

४. पेटमा हुने ग्याष्टिक तथा अल्सर जस्ता रोगहरूबाट राहत पाउन सकिन्छ ।

५. माइग्रेनको समस्या समाधानका लागि यो खुर्सानी अति उत्तम मानिन्छ।

६. अकबरे खुर्सानी खानाले हाडजोर्नीमा हुने दुखाइलाई पनि केही कम गर्न  मदत गर्दछ ।

७. यसमा पाइने पोटासियम र फोलेटले मुटुका रोगहरूको जोखिम घटाउनुका साथै स्वास्थ्यकर कोलेस्ट्रोललाई नियमित गराउन मद्दत गर्छ ।

८. यो खुर्सानी हालेर पकाइएको खानेकुरामा कीटाणुरहित हुन्छ ।

९.  थकाई शरीरमा आलस्यता आएको समयमा यसको प्रयोग गरेमा शरीरमा स्फूर्ति आउँछ ।

१०. यसले पिसाब सम्बन्धी समस्या कम गराउन मदत गर्दछ ।

११. यसले रगतमा चिनीको मात्रा घटाउन वा सुगर रोगबाट बच्न मदत गर्दछ ।

१२. यसको नियमित सेवनले चिसोबाट हुने फ्लुलाई कम गर्न मदत गर्दछ ।

१४. यसले शरीरमा राता रक्त कोषको मात्रामा वृद्धि गर्दछ ।

१५. एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।

अत्यधिक खुर्सानी सेवनका असर पनि छन् .

खुर्सानीको सेवन धेरैलाई राम्रो र फाइदाजनक भए पनि कसैका लागि नराम्रो पनि हुनसक्छ । खुर्सानी खाने बानी परेकालाई यसको पिरोको असर कम देखिन्छ तर खुर्सानी खाने बानी नहुनेहरूलाई यसको सेवनका केही असरहरू पनि हुनसक्छ ।

१. खुर्सानीको सेवन गर्दा कसैलाई मुखदेखि मलद्वारसम्म पूरा पाचन प्रणालीमा जलन हुनसक्छ ।

२. धेरै खुर्सानी खाँदा क्याप्साइसिनको मात्रा बढी हुन सक्छ र शरीरको तापक्रम बढ्न सक्छ । यस्तो बेलामा रक्तचाप उच्च हुन सक्छ ।

३. अत्यधिक खुर्सानी सेवनले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने र शौच गर्न गाह्राे हुने, पेट पोल्ने लगायतका समस्या हुन्छन् ।

साथै, खुर्सानीको सेवनले कतिपयलाई पसिना आउने, जिब्रो पोल्ने हुन सक्छ यस्ताे बेलामा बिचार पर्‍याउनु हाेला ।

एजेन्सिकाे सहयाेगमा 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १ : ११ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू