एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल  | Khabarhub Khabarhub

एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल 


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत चयन भएका छन् । 

शनिबार देखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोज बहादुर रायमाझी सर्वसम्मत रुपमा चयन भएका हुन् ।

यस्तै उपाध्यक्ष र सहसचिव लगायतका पदमा भने निर्वाचन भएको छ । उपाध्यक्ष पदमा शम्भु पोख्रेल ३ २४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेम नारायण गैरेले १९९ मत प्राप्त गरेका थिए ।

यस्तै उप–सचिवमा खगिस्वर पन्थीले ३१४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी श्रीकृष्ण भुसालले १८९ मत प्राप्त गरेका थिए । यस्तै महिला तर्फबाट उपसचिव पदमा शिवकला बि.क ले ३४८ मतसहित विजयी भएकी छन् ।

यस्तै महिला सदस्यमा कमला खनाल भण्डारी ,दिपा पन्थी आचार्य ,देवी थापा भुसाल मिश्रा आचार्य विजयी भएका छन् । 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १ : २६ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई