बेल्जियमका प्रधानमन्त्री डी क्रूद्वारा राजीनामाको घोषणा « Khabarhub

बेल्जियमका प्रधानमन्त्री डी क्रूद्वारा राजीनामाको घोषणा


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले आइतबार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि राजीनामा दिएका छन् ।  

आइतबार राति ब्रसेल्समा राजीनामाको घोषणा गर्दै उनले उपलब्ध नतिजा आफूले आशा गरेको नतिजा नभएको बताए।

भोलिसम्म,  प्रधानमन्त्रीको पदबाट राजीनामा दिने र वर्तमान मामिलामा पूर्णरूपमा ध्यान केन्द्रित गर्ने  उल्लेख गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आरटीबीएफको मतदानलाई उद्धृत गर्दै सिएनएनले डि क्रूको ‘ओपन भिएलडी’ पार्टीले युरोपेली संसदमा ५.८ प्रतिशत मत प्राप्त गरेको र यो राम्रो प्रदर्शन नभएको जनाएको छ । 

आरटीबिएफको सर्वेक्षणले अति दक्षिणपन्थी ‘भ्लामस बेलाङ पार्टी’ र ‘फ्लेमिश नेशनलिस्ट (एनभिए) पार्टीले क्रमश : १४.८ प्रतिशत र १४.२ प्रतिशत मतका लागि बराबरी रहेको देखाएको छ ।

राजीनामाको घोषणा गर्दै डी क्रूले बेल्जियमलाई आफ्नो कार्य लिन सक्ने पूर्ण शक्तिको नयाँ सरकार चाहिने विश्वासलाई जोड दिदै आफ्नो उत्तराधिकारीलाई शक्तिको ‘उचित हस्तान्तरण’ गर्ने प्रतिवद्धता जनाए। 

सिएनएनका अनुसार युरोपेली संघका २७ सदस्य राष्ट्रहरूमा मतदान हाललाई बन्द भएको छ भने अन्तिम मतदान इटालीमा भएको थियो ।

युरोपेली सङ्घको चुनावले विश्वको दोस्रो ठुलो लोकतान्त्रिक अभ्यासको प्रतिनिधित्व गर्दछ, जुन परिमाणको हिसाबले भारतको चुनावभन्दा पछाडि छ । युरोपेली सङ्घमा लगभग ४० करोड मतदाताहरूले आर्कटिक सर्कलदेखि अफ्रिका र एसियाको सिमानासम्म फैलिएको युरोपेली संसदका ७२० सदस्यहरू चयन गर्नेछन् । 

यी चुनावको नतिजाले जलवायु परिवर्तन, रक्षादेखि आप्रवासन र चीन र संयुक्त राज्य अमेरिकाजस्ता प्रमुख वेश्विक राजनीतिक खेलाडीसँग अन्तर्राष्ट्रिय सम्बन्धसम्मका विश्वव्यापी मुद्दामा नीति निर्धारण गर्नेछ ।

सन् २०१९ को पछिल्लो युरोपेली चुनावदेखि भूराजनीतिक गतिशीलता उल्लेखनीय रूपमा परिवर्तन भएको छ ।

रूसले युक्रेनमा गरेको आक्रमणले युरोपेली सङ्घको किनारमा द्वन्द्व ल्याएको छ, जसले यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न सङ्घको भूमिकालाई जोड दिएको छ । युरोपेली सङ्घमा सामेल हुन चाहने युक्रेनले भू–राजनीतिक जटिलतालाई थप जोड दिन्छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १ : ४३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा