सेयर बजार ८.९० अंकले बढ्यो, कारोबार करिब साढे ५ अर्ब   | Khabarhub Khabarhub

सेयर बजार ८.९० अंकले बढ्यो, कारोबार करिब साढे ५ अर्ब  


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ८.९० अंकले बढेको छ । नेप्से ०.४२ प्रतिशतले बढेर बढेर २०८२.०९ विन्दु कायम भएको छ । नेप्से बढेसँगै करिब साढे ५ अर्बको कारोबार भएको छ । 

सोमबार बजार बन्द हुँदासम्म ५ अर्ब ४९ करोड ६ लाख ९ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर ७१ हजार ९४८ पटक किनबेच भएको छ । 

आज ३१४ वटा कम्पनीको शेयर कारोबार हुँदा १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज फ्लोट इन्डेक्स ०.८६ अंकले, सेन्सेटिभ इन्डेक्स ०.६४ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स ०.३७ अंकले बढेको छ ।

सोमबार १३ वटा समूहमध्ये ७ वटा समूहको नेप्से बढेको छ भने ६ वटा समूहको नेप्से घटेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा १३४.८८ अंकले बढेको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम ५१.१६ अंकले घटेको छ । 

कुथेली बुखारी साना जलविद्युत, त्रिशूली जलविद्युत, पीपुल्स पावर र मोलुङ जलविद्युतको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ३ : २० बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले