सेयर बजार ८.९० अंकले बढ्यो, कारोबार करिब साढे ५ अर्ब   « Khabarhub

सेयर बजार ८.९० अंकले बढ्यो, कारोबार करिब साढे ५ अर्ब  


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ८.९० अंकले बढेको छ । नेप्से ०.४२ प्रतिशतले बढेर बढेर २०८२.०९ विन्दु कायम भएको छ । नेप्से बढेसँगै करिब साढे ५ अर्बको कारोबार भएको छ । 

सोमबार बजार बन्द हुँदासम्म ५ अर्ब ४९ करोड ६ लाख ९ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर ७१ हजार ९४८ पटक किनबेच भएको छ । 

आज ३१४ वटा कम्पनीको शेयर कारोबार हुँदा १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज फ्लोट इन्डेक्स ०.८६ अंकले, सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३७ अंकले बढेको छ ।

सोमबार १३ वटा समूहमध्ये ७ वटा समूहको नेप्से बढेको छ भने ६ वटा समूहको नेप्से घटेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा १३४.८८ अंकले बढेको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम ५१.१६ अंकले घटेको छ । 

कुथेली बुखारी साना जलविद्युत, त्रिशूली जलविद्युत, पीपुल्स पावर र मोलुङ जलविद्युतको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ३ : २० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७