किसानलाई चैते धान भित्र्याउने चटारो « Khabarhub

किसानलाई चैते धान भित्र्याउने चटारो


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिका–८ का बुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उनले पाँच कठ्ठा जमिनमा चैते धान लगाएका छन् । चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दै आएका छन् । बर्खे धानभन्दा चैते धान बढी उब्जनी भएको उनले बताए । 

‘अर्को  वर्ष एक बिघामा चैते धान लगाउने सोच छ’, चौधरीले भने। 

चैते धान लगाएको सुरुको वर्ष पाँच कठ्ठामा १० क्विन्टल उत्पादन भएको उनले बताए । बर्खे धान सो  जग्गामा ६ क्विन्टल उत्पादन भएको थियो । खानमा मिठो र उत्पादन बढी हुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको चौधरीको भनाइ छ । 

चौधरीले जस्तै घोडाघोडी नगरपालिकाका ९० किसानले पाँच सय २१ कट्ठामा यस वर्ष चैते धान लगाएका छन् । कतिपय किसानले चैते धान भित्र्याइसकेका छन् । 

कोही भित्र्याउने तयारीमा छन । किसानलाई प्रोत्साहन गर्न घोडाघोडी नगरपालिकाले चैते धान खेती गर्नेलाई पुरस्कृत गर्दै आएको छ । पालिकाभित्रका चैते धान रोप्ने ९०  किसानलाई प्रतिकट्ठा पाँच सयका दरले पुरस्कृत गरिएको कृषि शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए। 

पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीयरूपमै उत्पादन गर्न सकिने खाद्यान्नको समेत आयात बढ्दै जान थालेकाले किसानलाई प्रोत्साहित गरी उत्पादनमा जोड दिइएको उनले बताए । घोडाघोडीसँगै कैलालीका अन्य पालिकाका किसान पनि चैते धान खेतीतर्फ आकर्षित भएका छन् । बर्सेनि बाढीका कारण बर्खे धान भित्र्याउन नपाएपछि सो क्षेत्रका बासिन्दा चैते धान लगाउन थालेका हुन् । 

पछिल्लो समय कैलालीका किसान चैते धान खेतीतर्फ आकर्षित हुँदै गएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार भजनी र टीकापुर नगरपालिकाका साथै जोशीपुर र कैलारी गाउँपालिकामा विगतदेखि नै चैते धान खेती लगाउने गरिएको छ ।

 यी क्षेत्रमा वर्षातमा डुबान हुने भएकाले चैते धान लगाइन्छ । पछिल्ला वर्षहरूमा जिल्लाको घोडाघोडी, लम्कीचुहा नगरपालिका र धनगढी उपमहानगरपालिकामा पनि चैते धान खेती लगाउने किसानको सङ्ख्या बढ्दै गएको प्रमुख शर्माले बताए। डुबान हुने क्षेत्रमा एक बाली मात्रै धान भित्र्याउने गरिन्छ । अन्य क्षेत्रमा चैते र बर्खे गरेर दुई बाली भित्र्याइने गरेको उनले बताए।

चैते धान लगाउँदा जिल्लाको धान उत्पादनमा वृद्धि भएको प्रमुख शर्माले बताए। उनका अनुसार कैलाली जिल्लाभर गत वर्ष एक हजार एक सय हेक्टरमा चैते धान लगाइएको थियो । यसवर्ष एक हजार एक सय ५० हेक्टरमा चैते धान लगाइएको छ ।

 चैते धान प्रति हेक्टर औषधमा पाँच टनका हिसाबले उत्पादन हुने प्रमुख शर्माले बताए । गत वर्ष पाँच हजार पाँच सय टन धान उत्पादन भएकामा यसवर्ष पाँच हजार सात सय ५० टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

चैते धान खेतीका लागि संघीय र प्रदेश सरकारका साथै स्थानीय तहले पनि विभिन्न कार्यक्रम ल्याएको छ । चैते धान खुला आकासमुनी पर्याप्त सूर्यको प्रकाश पाउने भएकाले उत्पादन पनि बढी हुने प्रमुख शर्माले बताए।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ३ : ३५ बजे

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता

युवाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले

सभामुख अर्यालले संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका खेल्नुहुन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा