प्रियंकाले सुनाइन् सुत्केरीपछि अभिनय गर्दाको अनुभव « Khabarhub

प्रियंकाले सुनाइन् सुत्केरीपछि अभिनय गर्दाको अनुभव


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्की मुख्य कलाकारमध्ये एक रहेको ‘वेब सिरिज’ प्रसारणको अन्तिम तयारीमा छ । यो सिरिजको छायांकन तीन वर्षपहिलादेखि सुरु भएको हो ।

सिरिजको छायांकनमा सुरुवात गर्दा प्रियंकाले छोरीलाई जन्म दिएको सात महिना मात्रै भएको थियो । प्रियंकाकाअनुसार सुत्केरी भएपछिको यो पहिलो काम हो । त्यहीकारण पनि यस कामलाई उनले विशेष ठानेकी छन् ।

छोरीलाई स्तनपानका लागि समय छुट्याउँदै छायांकन गरेकाले यो काम विशेष रहेको उनले सुनाइन् ।

ठमेलमा सोमबार सिरिजको टिजर सार्वजनिक कार्यक्रममा उनले सुत्केरीपछि तौल बढेकाले सिरिजमा फिट देखिन गृहकार्यसमेत गरेको बताइन् ।

‘म त काम गर्न सक्छु भन्ने लाग्थ्यो तर शरीर कमजोर हुने रहेछ । छिटो गलिने रहेछ’, सुत्केरीपछिको सुटिङ अनुभवबारे उनले सेयर गरिन् ।

सुत्केरी हुँदा मोटाएको शरीर घटाएको असर यो सिरिजमा देखिने उनले जानकारी दिइन् । आफ्नो अंशको सुटिङ निरन्तर नहुने प्राविधिक कारणले दर्शकले थाहा पाउने गरी पर्दामा तौल घटबढ देखिने उनको भनाइ छ ।

‘सुरुमा अनुबन्ध हुँदा मेरो तौल ८८ केजी थियो, अन्त्यतिर म ६० केजी पुगेँ । पर्दामा देखिने जस्तो निरन्तर सुटिङ हुँदैन । पहिलो सिन पछि र पछिको सिन पहिला खिचिएको हुन्छ,’ उनले स्पष्ट पारिन्, ‘एकबाट अर्को सिन परिवर्तन हुँदा म पर्दामा मोटोबाट पातलो देखिन्छु । दर्शकले याद नै गर्नुहुन्छ ।’

सुत्केरीपछि तौल घटाउने क्रममा उनले यो सिरिजमा काम गरेकी हुन् । उनी हरेक पटक छायांकनस्थलमा जाँदा दुब्लो देखिएपछि निर्देशक सुजोय योङले भन्थे रे, ‘अरे फेरि दुब्लो भयौँ ।’

‘एक्सन क्राइम’ जनरमा बनेको यो सिरजमा साउन अन्तिमबाट प्रसारणमा ल्याउने योजना निर्माण पक्ष रहेको छ । यद्यपि उनीहरुले प्रसारण मिति भनेको तोकेका छैनन् ।

३८० भन्दाबढी कलाकारको अभिनय रहेको वेबसिरिज ‘साहु बा’को टिजर सार्वजनिक

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ३ : ५४ बजे

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा