संविधानमा रहेका कमी कमजोरीलाई सच्याउनुपर्छ : उपसभापति वाग्ले | Khabarhub Khabarhub

संविधानमा रहेका कमी कमजोरीलाई सच्याउनुपर्छ : उपसभापति वाग्ले


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्लेले संविधानमा रहेका कमी कमजोरीलाई संविधानकै धारामा टेकेर सच्याउनु पर्ने बताएका छन् ।

जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै वाग्लेले वर्तमान संविधानको रक्षा गर्नु सम्पूर्ण नेपालीको कर्तव्य रहेकाले यो संविधानलाई साझा संविधानको रुपमा बनाउनका लागि संविधानकै धाराहरूमानै टेकेर विद्यमान कमी कमजोरीहरूलाई हटाउन सकिने बताए ।

मुलुकमा संघीयता ल्याउनुका साथै नयाँ संविधान निर्माणमा मधेसी जनताको रगत लागेकाले संविधानमाथीको प्रहार हामी सबैका लागि असह्य हुने उनको भनाई थियो । 

वाग्ले देशकै सबैभन्दा सुगम प्रदेशको रुपमा रहेको मधेस बाँकी प्रदेशभन्दा पछाडि पर्नु चिन्ताको विषय रहेको बताए । उनले नेपालमा विकासको अर्थ सडक, भवन, चिल्ला खाडीहरूलाई लिइन्छ । जबकि मधेस अझै त्यसमा पनि पछाडि परेको छ । 

उनले भने ‘मधेस विकासमा पछाडि परेको छ, जबकि रेमिटेन्सको भरमा चलिरहेको यो देशमा सबैभन्दा बढी योगदान मधेसकै नागरिकको रहँदै आएको छ ।’ 

यस अर्थमा मधेसलाई पहिले देखि नै पछाडि पारिदै आएको छ यसलाई बदल्न तर्फ हामी सबै अग्रसर हुनु पर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ४ : ४५ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ