‘अस्ट्रेलियन दुल्हा’ छायांकन सुरु, किशोर खतिवडा नायक « Khabarhub

‘अस्ट्रेलियन दुल्हा’ छायांकन सुरु, किशोर खतिवडा नायक


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को छायांकन सुरु भएको छ । चितवनको रत्ननगरस्थित हरिहर मन्दिरमा पूजा गर्दै आइतबारदेखि फिल्मको छायांकन सुरु गरिएको हो । 

यो फिल्म नेपालीहरू अस्ट्रेलिया गएर उतै बस्ने प्रवृत्तिमा आधारित कथा बन्न लागेको हो । यसमा नायक किशोर खतिवडा, प्रविण आचार्य,  नायिका अंकिता भुर्तेल र बालकलाकार अक्सा कोइराला लगायतको अभिनय रहनेछ ।

२५ दिनमा सक्ने गरी निर्माण पक्ष छायांकनमा निस्किएको हो । चितवनका विभिन्न रमणीय स्थानहरूमा छायांकन हुने निर्माण पक्षले बताएको छ ।  फिल्मका निर्देशक रेहान मिया हुन् । 

करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा बन्न लागेको हो । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेका छन् भने उमेश अधिकारी (आर्य) सह–निर्माता छन् ।

फिल्म आगामी तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ४ : ५२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५