रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु | Khabarhub Khabarhub

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ।

गत कात्तिकमा रुसी सेनामा गएका लमजुङका सन्देश थापाको मृत्यु भएको अभियन्ता कृतु भण्डारीले जानकारी दिइन् । उनको जेठ २२ गते मंगलबारको दिन मृत्यु भएको उनले जानकारी दिइन् ।

२१ वर्षीय थापाले केही दिन अगाडिदेखि नेपाल सरकारलाई नेपाल फर्काइदिन बारम्बार आग्रह गरेको पनि भण्डारीले बताइन् । 

भण्डारी भन्छिन्,  ‘सन्देशले विना स्वीकृति रुस गएकोमा नेपाल सरकारले जे सजाय दिए पनि नेपालमा आएर भोग्छु तर रुसबाट फर्काइदिनु भनेका थिए ।’ 

 समयमै उनलाई नेपाल सरकारले उद्धार गर्न नसक्दा उनको मृत्यु भएको छ । उनीसहित हालसम्म रुसी सेनामा ४४ नेपाली नागरिकको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : १३ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी