गण्डकीमा ‘फ्लोर क्रस’ले जोगायो कांग्रेसको सरकार, राप्रपा र मनाङेको पनि साथ « Khabarhub

गण्डकीमा ‘फ्लोर क्रस’ले जोगायो कांग्रेसको सरकार, राप्रपा र मनाङेको पनि साथ


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

सर्वोच्च अदालतको परमादेशबमोजिम जेठ १६ मा मुख्यमन्त्री नियुक्त पाण्डेले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत पाए ।

६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्थ्यो । तर ५९ जना उपस्थित प्रदेशसभामा पाण्डेका पक्षमा ३१ मत खस्यो ।

पाण्डेको सत्ता टिकाउन यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले कोल्टे फेर्‍यो । २०७९ पुसमा बनेको एमाले र माओवादीसहितको केन्द्रीय गठबन्धनमा जोडिएको राष्ट्रिय प्रजातन्त्र पार्टी २०८० फागुन २१ गते नजोडिएको नतिजा सोमबार गण्डकीमा देखियो । जहाँ राप्रपाले घोषणा गरेर नै पाण्डेको पक्षमा २ सांसदलाई मतदान गर्न लगायो ।

अर्कातिर मनाङबाट निर्वाचित दीपक मनाङे उर्फ राजीव गुरुङले फेरि एक पटक कोल्टे फेरे । सर्वोच्चले असंवैधानिक घोषणा गरेको खगराज अधिकारीको सरकारमा मन्त्री रहेका मनाङे यस पटक कांग्रेसतिर फर्किँदै पाण्डेलाई साथ दिए।

अर्को रोचक त के भयो भने २०७९ को प्रदेशसभा निर्वाचनमा गोरखाबाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट उठेका फणिन्द्र देवकोटाले ‘फ्लोर क्रस’नै गरे।

माओ‌वादी संसदीय दलका सदस्य रहेका उनी व्यवहारत: डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीमा छन् । तर उनले माओवादी संसदीय दलको ह्विप उलंघन गर्दै कांग्रेसका पाण्डेको पक्षमा मतदान गरिदिँदा बहुमत अर्थात् ३१ सांसद पुगे ।

संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका पाण्डेसँग कांग्रेसका २७ सांसदको मात्रै समर्थन थियो । तर संसदीय राजनीतिमा अब्बल सावित हुँदै उनले राप्रपाका २, माओवादी संसदीय दलका सदस्य फणिन्द्र देवकोटा र दीपक मनाङेलाई पनि आफूतिर तानेर बहुमत जुटाए ।

६० सदस्यीय सदनमा विश्वासको मतका लागि ३१ सांसदको समर्थन चाहिन्थियो । त्यसका लागि सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका २, स्वतन्त्र सांसद १ र अर्का १ सांसदको पनि समर्थन जुटाउनुपर्थ्यो। त्यो रणनीतिमा उनी सफल भए । आफ्नो दलबाहिरका ४ मत पनि उनले आफ्नोतिर तानेर सरकार टिकाउन सफल भए ।

असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता थियो । त्यसअघि नीति तथा कार्यक्रम पेश गरी पारित गर्न विश्वासको मत लिनैपर्ने बाध्यता थियो ।

पाण्डे नेतृत्वको सरकारले विश्वासको मत नपाए मुख्यमन्त्री पाण्डे पदमुक्त हुने थिए । त्यसपछि गण्डकीमा संविधानको धारा १६८ को (५) बमोजिम सरकार बन्ने अवस्था आउँथ्यो । तर पाण्डेले सत्ता राजनीतिको खेलमा माओवादी र एमालेलाई जिल्याइदिए ।

राप्रपाले मत दिन तयार भएपछि स्वतन्त्र सांसद दीपक मनाङे पनि पाण्डेको पक्षमा उभिए । राप्रपाले मत दिने निर्णय लिएपछि मनाङेले मत दिए । मुख्यमन्त्री पाण्डेलाई अपेक्षाअनुसार माओवादी केन्द्रको चुनावचिह्नबाट विजयी भएका फणीन्द्र देवकोटाको मत पनि खस्यो । उनले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिए।

देवकोटाले आफू माओवादीको संसदीय दलमा नरहेको बताउने गरेका छन् । उनले नेसपाकै प्रदेशसभा सदस्यका रुपमा मत दिएको बताएका छन् । उनले फ्लोर क्रस गरिदिँदा संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्चको आदेशमा मुख्यमन्त्री बनेका पाण्डेको कुर्सी अब सुरक्षित भएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : १७ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट