दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन केयूको पत्राचार « Khabarhub

दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन केयूको पत्राचार


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)ले झापाको बिर्तामोडस्थित दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ ।

सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्दै १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएपछि केयूले यो निर्णय लिएको हो ।

सर्वोच्चको आदेशको पूर्णपाठ आएलगत्तै काठमाडौं विश्व विद्यालयले आइतबार कार्यकारी समितिको बैठकमार्फत चिकित्सा शिक्षा आयोगलाई सम्बन्धनका लागि सिफारिससहितको पत्र पठाएको हो ।

काठमाडौं विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा. मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनू भनेर सर्वोच्चबाट परमादेश आएअनुसार आयोगलाई पत्राचार गरेको जानकारी दिए ।

यसअघि पनि सम्बन्धन दिन आफूहरूले पत्राचार गर्दा आयोगले रोकेको उनले बताए । यस पटक भने सर्वोच्च अदालतको परमादेशमै सम्बन्धन दिनू भनेर आदेश भएकाले त्यहीअनुसार आफूहरूले सिफारिससहित पत्राचार गरेको जानकारी उनले खबरहबलाई दिए । 

मेडिकल कलेज सञ्चालनका लागि सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बीएन्डसीका सञ्चालक प्रसाईंले शिक्षा मन्त्रालय, काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

बीएन्डसीले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशयपत्र लिई पूर्वाधार निर्माण गरिसकेको छ । मेडिकल कलेज सञ्चालनका पूर्वतयारी पूरा गरे पनि उसलाई सरकारल सम्बन्धन दिन मानेको थिएन । 

चिकित्सा शिक्षा ऐन अनुसार सम्बन्धन पाउन बीएन्डसीले २०७६ सालमा आयोगमा निवेदन दिएको थियो । तर त्यतिबेला आयोगले आशयपत्र नवीकरण नभएको कारण देखाउँदै सम्बन्धन दिन अस्वीकार गरेको थियो ।

२०७६ /०७७ मा गरेको सम्बन्धन प्राप्तिको प्रयास सफल हुन नसकेपछि बीएन्डसीका सञ्चालक प्रसाईं ३ वटा रिट लिएर ०७७ अन्तिममा सर्वोच्च गएका थिए ।

सर्वोच्चले रिटको सुनुवाइमा अग्राधिकार दिँदै आदेश गरेको हो । शिक्षा मन्त्रालयबाट आशयपत्र लिएर मेडिकल कलेजको पूर्वाधार तयार पारे पनि पठनपाठनका लागि सम्बन्धन नपाएको उनले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : १५ बजे

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री