गण्डकीमा ‘फ्लोर क्रस’प्रकरण : बाबुरामनिकट सांसदलाई माओवादीले कारबाही गर्ने « Khabarhub

गण्डकीमा ‘फ्लोर क्रस’प्रकरण : बाबुरामनिकट सांसदलाई माओवादीले कारबाही गर्ने


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेकपा माओवादी केन्द्रले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका नेपाल समाजवादीका सांसद फणिन्द्र देवकोटालाई कारबाही गर्ने भएको छ ।

संसदीय दलको ह्विप मिच्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेलाई विश्वासको मत दिएपछि कारबाही थालिएको माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

देवकोटाले २०७९ मा माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट चुनाव जितेका थिए । त्यहीकारण देवकोटा माओवादी संसदीय दलका सदस्य थिए ।

आफू बाबुराम नेतृत्वको नेपाल समाजवादीमा रहेको भन्दै उनले मावादीको ह्वीप नमानी मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि कारबाही गरिने चुमानले बताए ।

माओवादीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिन ह्विप लगाएको थियो । तर माओवादी संसदीय दलका सदस्य पाण्डेले त्यसको उलंघन गर्दै फ्लोर पनि क्रस गरे ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : ३३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण