बैतेश्वरको ७ वर्ष : २० किलोमिटर पक्की सडक र २५ किलोमिटर पैदलमार्ग निर्माण « Khabarhub

बैतेश्वरको ७ वर्ष : २० किलोमिटर पक्की सडक र २५ किलोमिटर पैदलमार्ग निर्माण


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका पछिल्लो ७ वर्षको अवधिमा २० किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरिएको छ ।

गाउँपालिका २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचन पछि हालसम्म ७ वर्षको अवधिमा आन्तरिक स्रोतबाटै २० किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरेको गाउँपालिकाले सार्वजनिक गरेको प्राविधिक रिपोर्टमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले मुख्य ५ वटा सडकमा साढे ८ किलोमिटर कालोपत्रे सम्पन्न गरेको छ भने,११ किलोमिटर सडक ढलान सम्पन्न गरेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।

विकास एवं समृद्धिको मूलआधार सडक पूर्वाधार र दैनिक हिँडडुल गर्ने बाटोघाटो रहेको र यसैलाई पहिलो प्राथमिकतामा राखी धमाधम कालोपत्रे,ढलान र सिडी सहितको गोरेटो बाटो निर्माण भइरहेको अध्यक्ष लामाले बताए ।

पालिका प्रमुख इन्जिनियर युधिष्ठिर केसीका अनुसार २०७४ देखी २०७७ सम्म पालिकाले ८ वटै वडा लाई पालिका केन्द्र जोड्ने रिङ्ग रोडसहित वडा नम्बर-१ देखि ८ सम्म एक सय ५५ वटा सडक विस्तार गर्दै हिउँ वर्खै चल्ने तीनसय ६२ किलोमिटर शाखा सडक निर्माण गरेको थियो।

त्यसैगरी गत आर्थिक वर्ष २०७६/०७७ देखि आफ्नै स्रोतबाट सडक कालोपत्रे तथा ढलान गर्न सुरु गरेको पालिकाले आर्थिक वर्ष २०८०/८१ सकिन लाग्दा २० किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरेको हो।

गाउँपालिकाले ८ वडामा सडक सँगै पक्की गोरेटो बाटो पनि निर्माण गरिरहेको छ ।

आर्थिक वर्ष २०७८ पछि प्रत्येक गोरेटो बाटो लाई हिलो र धुलोमुक्त बनाउने लक्ष्य सहित गोरेटो बाटो निर्माणमा लागेको गाउँपालिकाले हालसम्म २५ किलोमिटर सिडीसहितको गोरेटो बाटो निर्माण सम्पन्न गरिसकेको पालिका सव-इन्जिनियर विश्वास घिमिरे बताए ।

गाउँपालिकाले ७ वर्ष बित्न लाग्दा कार्यालय संचालनकाे लागि २० कोठाको पक्की आर.सि.सी प्रशासनिक भवन सहित ८ वडाको वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको हो ।

त्यसैगरी पालिका विभिन्न खोलानाला ७ वटा झोलुङ्गे तथा ट्रस पुल,८० प्रतिशत बस्तीमा स्वच्छ खानेपानी एक घर एक धारा कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले पूर्वाधार विकाससँगै स्वास्थ्य,शिक्षा,कृषि,रोजगार,न्यायिक समिति लगायतका क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै अघि बढिरहेको उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।

– सुबास बस्नेत

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : ५५ बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि