लोसपा उपाध्यक्ष सोनलको प्रस्ताव - मधेसकेन्द्रित दलहरू अब एकठाउँमा उभिऔँ | Khabarhub Khabarhub

लोसपा उपाध्यक्ष सोनलको प्रस्ताव – मधेसकेन्द्रित दलहरू अब एकठाउँमा उभिऔँ


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष जितेन्द्र सोनलले मधेस केन्द्रित दललाई एकठाउँमा उभिन अपिल गरेका छन् ।

 जसपा नेपालको एकताको राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सोनलले मधेस केन्द्रित शक्तिमाथी पछिल्लो समय प्रहार भइरहेकाले सो को सामना गर्नका लागि एकठाउँमा उभिन अपिल गरे ।

 पछिल्लो समय हामी कमजोर हुँदै गइरहेका छौँ, सोनलले भने ‘राजनीतिमा कमजोर वा मजबुत हुने क्रम चलिरहन्छ, पछिल्लो समय हामी कमजोर भएका छौँ, फेरी मधेसमा एउटा सशक्त राजनीतिक शक्तिको आवश्यकता छ ।’ 

उनले मधेसका सम्पूर्ण शक्तिलाई पुनर्विचार गरी मधेस केन्द्रित दलहरूलाई सशक्त राजनीतिक शक्ति निर्माण गर्न तर्फ केन्द्रित हुन आग्रह गरे । 

सोनलले मुलुकमा संघीयता, गणतन्त्र र विभिन्न आन्दोलनबाट प्राप्त अधिकार खोस्ने षडयन्त्र तर्फ सबै सचेत हुनु आवश्यक रहेको बताए । 

उनले नेपालको प्रत्येक परिवर्तनको आन्दोलनमा मधेसको भूमिले अग्रणी भूमिका रहेकाले संघीयतालाई बचाउन मधेसका सम्पूर्ण नागरिक अन्तिम क्षणसम्म लडी रहने अठोट व्यक्त गरे ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : १३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि