फुटबलर प्रीति राई एक लाख नगदसहित धरानमा सम्मानित « Khabarhub

फुटबलर प्रीति राई एक लाख नगदसहित धरानमा सम्मानित


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

सुनसरीसाकेला समापनको अवसरमा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई धरानमा सम्मानित भएकी छन् । धरान १७ स्थित साकेला पार्कमा किरात राई यायोख्खा सुनसरीद्वारा शनिवार जिल्ला व्यापी साकेला प्रतियोगिता समापन समारोहमा उनलाई नगद १ लाख ५ हजार ८४ सहित ताम्रपत्रले सम्मान गरिएको थियो । 

खेलाडी राईलाई शनिबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र निवर्तमान मेयर यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष तिलक राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए । उक्त अवसरमा राष्ट्रिय एथलेटिक्स कबड्डी प्रशिक्षक पार्वती राईलाई नगद २५ हजार रुपैयासहति सम्मान गरिएको थियो । 

यस्तै धरानको पर्यटकीय नक्सा डिजाइनर इन्जिनियर पारसमणि राई, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख चन्द्रकुमार राई, गोर्खा सैनिक सेवामा एमबिई उपाधि प्राप्त सुवास राईलगायतलाई पनि  सम्मान गरिएको थियो । 

साकेला शिली जिल्ला व्यापी प्रतियोगितामा सहभागी मध्ये धरान–१५ प्रथम, धरान– ९ र १० को टोली दोस्रो र धरान– ११ तेस्रो भएको भएको थियो । यसैगरी धरान बाहिरका प्रतियोगी इटहरी उपमहानगरपालिका १, १९ र २० को संयुक्त टोलीलाई प्रथम घोषित गरिएको थियो भने पकली–रामधुनी दोस्रो, इटहरी–२० तेस्रो घोषित गरिएको थियो । 

उत्कृष्ट सांस्कृतिक झाँकी सामग्री प्रदर्शनमा धरान–१५ प्रथम, धरान–८ दोस्रो र धरान ९ र १० को टोली तेस्रो घोषित भएका थिए । धरान बाहिरबाट इटहरी–५ को टोली प्रथम, इटहरी– ६ दोस्रो र इटहरी २ को टोली तेस्रो घोषित भएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : ३४ बजे

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट)- रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर- सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा एक हजार ४६०

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा