महिलामन्त्री चौधरी र चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीबीच भेट « Khabarhub

महिलामन्त्री चौधरी र चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीबीच भेट


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीले भेट गरेको छ ।

आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित महिला सशक्तीकरणसम्बन्धित विभिन्न कार्यक्रमबारे छलफल भएको थियो ।

मन्त्री चौधरीले महिलाविरुद्ध हुने कूरीति, सामाजिक भेदभाव, जोखिममा परेका महिलाको उद्धार तथा संरक्षण र रोजगारी सिर्जनालगायतका क्षेत्रमा सहयोग गर्न चिनियाँ टोलीसमक्ष आग्रह गरे ।

एसिया–अफ्रिका क्षेत्रका लागि महिला सशक्तीकरण र विकास समाज (वेड्स)का तर्फबाट गरिएको भेटमा मन्त्री चौधरीले नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना र उत्पादनका क्षेत्रमा काम गर्न आह्वान गरे ।

उनले बालसुधार गृहमा रहेका बालबालिकाहरु उपल्लो तहमा गइसकेपछि शिक्षाबाट बञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा युहेले महिलाको प्रगति, डिजिटल सशक्तीकरण र हरित विकाससम्बन्धी कार्यक्रमबारे मन्त्री चौधरीलाई जानकारी गराएका थिए । साथै बेड्सको सल्लाहकारको भूमिका निर्वाह गरिदिनका लागि मन्त्री चौधरी समक्ष आग्रह गरेका थिए ।

भेटमा वेड्सका अध्यक्ष झाव मेइलिङले सन् २०२४ को नोभेम्बरबाट एसिया र अफ्रिकाका पाँच देशमा उक्त कार्यक्रम सुरु हुन लागेको जानकारी गराएको थिए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ८ : ०८ बजे

गगन थापा सर्लाही झरेपछि क्रिकेट कमेन्टेटर तिमल्सिना बने काठमाडौं-४ का कांग्रेस उम्मेदवार

काठमाडौं- सभापति गगन थापाको निर्वाचन क्षेत्रमा कांग्रेसले क्रिकेट कमेन्टेटर सचिन

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ गोरखा–१

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा