महिलामन्त्री चौधरी र चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीबीच भेट « Khabarhub

महिलामन्त्री चौधरी र चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीबीच भेट


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीले भेट गरेको छ ।

आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित महिला सशक्तीकरणसम्बन्धित विभिन्न कार्यक्रमबारे छलफल भएको थियो ।

मन्त्री चौधरीले महिलाविरुद्ध हुने कूरीति, सामाजिक भेदभाव, जोखिममा परेका महिलाको उद्धार तथा संरक्षण र रोजगारी सिर्जनालगायतका क्षेत्रमा सहयोग गर्न चिनियाँ टोलीसमक्ष आग्रह गरे ।

एसिया–अफ्रिका क्षेत्रका लागि महिला सशक्तीकरण र विकास समाज (वेड्स)का तर्फबाट गरिएको भेटमा मन्त्री चौधरीले नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना र उत्पादनका क्षेत्रमा काम गर्न आह्वान गरे ।

उनले बालसुधार गृहमा रहेका बालबालिकाहरु उपल्लो तहमा गइसकेपछि शिक्षाबाट बञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा युहेले महिलाको प्रगति, डिजिटल सशक्तीकरण र हरित विकाससम्बन्धी कार्यक्रमबारे मन्त्री चौधरीलाई जानकारी गराएका थिए । साथै बेड्सको सल्लाहकारको भूमिका निर्वाह गरिदिनका लागि मन्त्री चौधरी समक्ष आग्रह गरेका थिए ।

भेटमा वेड्सका अध्यक्ष झाव मेइलिङले सन् २०२४ को नोभेम्बरबाट एसिया र अफ्रिकाका पाँच देशमा उक्त कार्यक्रम सुरु हुन लागेको जानकारी गराएको थिए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ८ : ०८ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा