धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ « Khabarhub

धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न प्रकारका लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी टोली र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१४ हात्तीसारपथस्थित एक घरमा डेरा गरी बस्ने पाँच जनालाई आज पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबु राईका अनुसार विशेष सूचनाका आधारमा गरिएको जाँचमा उनीहरूको कोठाबाट १२४ ग्राम ४७ मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर), नाइट्राजेपामका ४४५ ट्याब्लेट, स्पासपेनका ६५ ट्याब्लेट र ट्रामोलका १५ क्याप्सुल बरामद गरिएको छ ।

पक्राउ पर्नेमा धरान–१५ गोविन्दमार्गका २५ वर्षीय सौरभ जिमी, धरान–२० का २२ वर्षीय सुगम राई, धरान–१४ का २१ वर्षीय अविजित निरौला, धरान–१३ का २५ वर्षीय आशिष राई र मोरङको लेटाङ नगरपालिका–१ का २६ वर्षीय हरि लिम्बू रहेका छन् ।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ८ : ४३ बजे

धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

सुनसरी – धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न : ‘टावर छ, नेटवर्क छैन, किन ?’

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको

श्रीलंकालाई ८ विकेटले हराउँदै पाकिस्तानले जित्यो टेस्ट सिरिज

काठमाडौं – पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा ८ विकेटको शानदार

५०+ प्रकारका मःम र २०+ अचारसहित ‘बोटा मःम’ को भव्य कमब्याक

काठमाडौं- नेपालको सबैभन्दा परिचित स्वदेशी फुड ब्रान्डमध्ये एक बोटा मःम