फिलिपिन्सद्वारा चिनियाँ आरोपको खण्डन « Khabarhub

फिलिपिन्सद्वारा चिनियाँ आरोपको खण्डन


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्सले आफ्ना नौसैनिकहरुले चिनियाँ तटरक्षक बलका सैनिकलाई लक्षित गरी बन्दुक तेर्स्याएकोको भन्ने आरोपको खण्डन गरेको छ ।

फिलिपिनी सेनाले दक्षिण चीन सागरमा रोकिराखेको युद्धपोतमा तैनाथ नौसैनिकले चिनियाँ तटरक्षकलाई बन्दुक तेर्स्याएको भन्ने चिनियाँ आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।

फिलिपिनी सेनाकी प्रवक्ता फ्रान्सेल मार्गरेट पाडिलाले आफ्ना सैनिकले उच्च स्तरको व्यवसायिक मर्यादाको पालन गरेको उल्लेख गरिन् ।

त्यसअघि चिनियाँ सञ्चार माध्यमले दक्षिण चीन सागरस्थित सेकेण्ड थोमस शोलमा अवस्थित स्थीर फिलिपिनी युद्धपोतमा तैनाथ सुरक्षाकर्मीले चिनियाँ तटरक्षकलाई लक्षित गरी बन्दुक तेस्र्याएको आरोप लगाएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सेकेण्ड थोमस शोल चीन र फिलिपिन्सबीच सार्वभौमिकताको विवादमा रहँदै आएको छ । फिलिपिन्सको आर्थिक क्षेत्रमा अवस्थित सो क्षेत्रमा फिलिपिन्सले सन् १९९९ मा सिएरा मादरे नामक युद्धपोत रोकेर राखेको थियो ।

त्यसयता स्थीर अवस्थामा रहँदै आएको उक्त युद्धपोतलाई फिलिपिन्सले सैनिक अखडाका रुपमा प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ८ : १४ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया