शैक्षिक गुणस्तर सुधारका लागि अभिमुखीकरण कार्यक्रम « Khabarhub

शैक्षिक गुणस्तर सुधारका लागि अभिमुखीकरण कार्यक्रम


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा – मोरङमा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक तथा अभिभावकबीच अभिमुखीकरण कार्यक्रम गरेको छ ।

सुन्दरहरैंचा नगरपालिका १० मा रहेको हिमालय इंगलिस स्कुलले विद्यालयको थप शैक्षिक सुधार गर्न एक दिने शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

पहिलो सत्र शिक्षकलाई र दोेस्रो सत्र अभिभावकलाई अभिमुखीकरण प्रशिक्षण दिईएको हिमालय इंगलिस स्कुल प्रिन्सिपल कमल खनालले जानकारी दिए ।

सुन्दरहरैंचा उधोग बाणिज्य संघको सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा छोराछोरीलाई विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको मान्ने अभिभावकहरूका कारण विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिने गरेकाले विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक ल्याउन अभिभावकलाई जागरुक बनाउन लाग्नु पर्ने प्रिन्सिपल खनालको भनाई थियो ।

कार्यक्रममा प्रशिक्षक एवम् मोटिभेसनल् ट्रेनर सेवक बंजगाईंले वालबालिकालाई उनीहरुको सकारात्मक कुरामा प्रशंसा गर्नुपर्नेमा जोड दिंदै बालवालिकालाई पिटेर , गाली गरेर सुधार गर्न नसकिने वरु अभिभावकले असल व्यवहार घरमा गरिरहँदा बालबालिकाले आफै उत्तम संस्कार सिक्ने उत्प्रेरणा दिएका थिए ।

आफ्ना छोराछोरीलाई परीक्षामा उत्कृष्ट अंक ल्याउन घरमा पनि अभिभावकले अध्ययनको वातावरण बनाउनुपर्ने , मित्रवत् व्यवहार गर्नुपर्ने , अभिभावकले शिक्षकका रूपमा भूमिका खेल्नुपर्ने , छोराछोरीका निम्ति सधै प्रेरणादायी भूमिका खेल्नुपर्ने मोटिभेसनल् ट्रेनर बंजगाईंले बताएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ८ : २३ बजे

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि