मधेश आन्दोलन नभएको भए संघीयता आउने थिएन : उपेन्द्र यादव | Khabarhub Khabarhub

मधेश आन्दोलन नभएको भए संघीयता आउने थिएन : उपेन्द्र यादव


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालमा संघीयता र गणतन्त्र स्थापन गर्न मधेश आन्दोलनको महत्वपूर्ण भूमिका भएको बताएका छन् ।

जसपा नेपालको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै यादवले मधेश आन्दोलन नभएको भए नेपालमा संघीयता र गणतन्त्र नआउने दाबी गरेका हुन् ।

उनले भने, ‘मधेश आन्दोलन नभएको भए नेपालमा संघीयता र गणतन्त्र आउने थिएन । आन्दोलनको बलबाट धेरै महत्वपूर्ण उपलब्धी हात पारेका छौं । अब सडक र सदनमा सँगसँगै सघर्ष गरि प्राप्त उपलब्धीको संरक्षण गर्नुपर्छ ।’

साथै उनले दुईतिहाइभन्दा बढी सीमान्तकृत समुदायका समस्यालाई राज्यले वेवास्ता गरेको बताए । देशलाई विकास र समाजवादतर्फ अग्रसर गराउन सीमात्तकृत समुदायलाई सरकारले प्राथामिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ९ : २२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य