मोरङको सुन्दरहरैँचामा सर्वाजनिक सुनुवाइ सम्पन्न « Khabarhub

मोरङको सुन्दरहरैँचामा सर्वाजनिक सुनुवाइ सम्पन्न


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ मा विकास निर्माण, सेवा प्रवाह एवम् नागरिक असन्तुष्टिसम्बन्धी सर्वाजनिक सुनुवाइ गरिएको छ ।

सुन्दरहरैँचा-५ तीनपैनीस्थित भानु साझा पुस्तकालयको सभाहलमा भएको उक्त सर्वाजनिक सुनुवाइ भएको हो ।

त्यस कार्यक्रममा वडाध्यक्ष गणेश चौधरीले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन प्रगति तथा उपलब्धि विवरण प्रस्तुत गरे । वडाबासीहरुले राखेका जिज्ञासाको जवाफ पनि उनले दिए ।

वडाध्यक्ष चौधरीले सबै जनताको गुनासो सुन्न, समस्याको सामाधान गर्न र सेवाग्राहीबाट पृष्ठपोषण लिन नम्बर ५ मा सार्वजनिक सुनुवाइ गरिएको जानकारी दिए

सार्वजनिक सुनुवाइमा खानेपानी, स्वास्थ्य, शिक्षा, फोहोरोमैला व्यवस्थापन, सडकबत्ती, बढी व्यवस्थापन, वडाको कमजोर सुशासन प्रणाली लगायतमा सहभागीले प्रश्न र सुझाव दिएका थिए ।

नमुना सामुदायिक वन उपभोक्ता समितका अध्यक्ष घनश्याम न्यौपानेले अब यसपाली बजेट बनाउँदा तीनपैनी भन्दामाथिा बासिन्दा हेर्न सुझाए ।

५ नम्बरको पानी ट्यांकी ६ नम्बरमा अफिस र ७ नम्बरको अध्यक्ष रहेको भन्दै कार्यालय नवनिर्मित भवनमा सार्न उनले माग गरेका थिए।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ९ : ५७ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई