आज २०८१ साल असार २६ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल असार २६ गते बुधबारको राशिफल


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २६ गते बुधबार तदनुसार सन् २०२४ जुलाई १० तारिख। असार शुक्ल पक्षको पञ्चमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : भौतिक वस्तु जोड्ने समय छ। मनोरञ्जनमा समय खर्च हुनेछ। साथीहरु रुष्ट हुने योग छ। व्यापारमा घाटा हुनेछ। वैदेशिक लगानीबाट भने फाइदा हुनेछ। परिवारसँग छलफल गरेर गरेको काम सफल बन्नेछ।

वृष : बोलीको प्रभावले धेरै काम बन्नेछन्। पुराना साथीसँग हुने वार्ताले काम गर्ने अवसर र अनुभव प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा आफ्नो भनेको मान्छे फरक कित्तामा पुग्नेछ।

मिथुन : गुम्न लागेको धन प्राप्त हुनेछ। समय अनुसार अगाडि बढेमा प्रगति हुने दिन छ। कुरा नबुझी बोल्दा विवाद बढ्ने देखिन्छ। कृषि कर्ममा लाभ हुनेछ। परिवारको साथ मिल्ने योग छ।

कर्कट : सम्पत्ति र कुर्सीको मोहले फस्ने योग छ। सत्य बोल्नु आवश्यक देखिन्छ। भूमि सम्बन्धी कारोबारले फाइदा हुनेछ। आफ्नो अगाडि कुरा काट्ने सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारले शंकाको नजरले हेर्ने भएकाले सचेत बन्नुपर्नेछ।

सिंह : दिन रमाइलो छ। लामो समय रोकिएका काम बन्नेछ। बहुमतको कदर गर्न नजान्दा समस्या हुनसक्छ। परिवारसँगको प्रेम सम्बन्ध राम्रो बन्ने योग छ। आफन्तको सल्लाह अनुसार अगाडि बढेमा सफलता मिल्नेछ।

कन्या : दैनिक काममा विवाद हुनेछ। लगानी नगर्नु राम्रो हुन्छ। लगानी गर्नै परेमा परिवारका सदस्यमार्फत् गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। मन शान्त हुनेछ।

तुला : प्रेममा सफलता मिल्नेछ। मनोरञ्जनतर्फ ध्यान जानेछ। राजनीतिमा न्यायको खोजी गर्नुपर्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। मेहनतको फल प्राप्त हुनेछ। कानुनी लडाइँमा सफलता मिल्नेछ।

वृश्चिक : खानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ। खर्च बढ्ने योग छ। भएको जोगाउने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। मेहनतको फल प्राप्त हुनेछ।

धनु : शिक्षामा अल्छीपनले अवरोध सिर्जना गर्नेछ। काम भन्दा अन्य कुरामा मन जानेछ। आफन्तको साथमा अगाडि बढाएको काम सफल बन्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ।

मकर : मेहनतको फल प्राप्त हुनेछ। एकसाथ नाम र दाम प्राप्त हुनेछ। राजनीतिमा घाटा हुनेछ। साथीले बहुमतले फसाउने भएकाले समूहगत काममा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : नयाँ काम नगर्नु राम्रो हुन्छ। लगानी गर्ने इच्छा भए धैर्य गर्नुपर्ने देखिन्छ। पूर्वको लामो यात्रा नगर्नुहोला। परिवारको सहयोगले दैनिकी भने सहज बन्ने देखिन्छ।

मीन : समय राम्रो छ। बौद्धिक व्यक्तिको सुझाव लिएको कामबाट लाभ हुनेछ। सामाजिक काममा मान र सम्मान बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएमा मनमा उत्साह बढ्नेछ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : २३ बजे

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम