युरोकप : फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा « Khabarhub

युरोकप : फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहानको राति म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो।

फ्रान्सका रान्डल कोलो मुआनीले टिमलाई सुरुवाती अग्रता दिलाए पनि त्यो पर्याप्त भएन। फाइनलसम्म अपराजित स्पेनको लागि फ्रान्सविरुद्ध लामिन यमल र डानी ओल्मोले गोल गरे।

सेमिफाइनलको सुरुवाती ९ मिनेटमै खेलमा अग्रता लिएको फ्रान्स त्यसलाई जोगाउन नसक्दा समेमिफाइनलबाट बाहिरिएको हो। फ्रान्सका कप्तान केलियन एमबाप्पेले दिएको पासमा खेलको ९ मिनेटमै मुआनीले हेड गोल गरेका थिए।

खेलको २१औं मिनेटमा स्पेनका लागि यमलले गोल गर्दै खेल बराबरीमा फर्काए भने खेलको २५ औं मिनेटमै ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि फ्रान्सलाई रोक्दै स्पेन फाइनल पुगेको हो।

स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलको विजेतासँगै फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ४१ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र