काठमाडौँका मन्दिर, सम्पदा र गल्ली बने पार्किङ्गस्थल (तस्बिरहरु) « Khabarhub

काठमाडौँका मन्दिर, सम्पदा र गल्ली बने पार्किङ्गस्थल (तस्बिरहरु)


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा दुईपाङ्ग्रे सवारी साधनको पार्किङ्ग  हटाएपछि अहिले मन्दिर, सम्पदा, गल्ली गल्ली र चोकहरू पार्किङ स्थलको रुपमा परिणत भएका छन् ।

विशेषगरी महानगरपालिकाभित्र बसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मरुहिटी क्षेत्र अहिले पार्किङ स्थल बनेका छन् । यस्तै, सङ्कटा मन्दिर क्षेत्र पनि पार्किङ्गस्थल बनेको छ ।

सांस्कृतिक नगरीको रुपमा परिचित काठमाडौँ महानगरका सम्पदाहरू मोटरबाइक र स्कुटरले छोपिएका छन् ।

यसरी गल्ली र चोकहरू पार्किङ गर्नाले पैदल हिँड्न सर्वसाधरणलाई असहज भएको छ ।

महानगरपालिकाले न्युरोड क्षेत्रको विकल्पमा सुन्धारामा पार्किङ्गको निःशुल्क व्यवस्था गरिदिएको छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ११ : १३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि