एमालेले सबै नेतालाई सम्बन्धित जिल्लामै फर्कायो, हरेक घरमा पुग्नेगरी कार्यविभाजन तयारी « Khabarhub

एमालेले सबै नेतालाई सम्बन्धित जिल्लामै फर्कायो, हरेक घरमा पुग्नेगरी कार्यविभाजन तयारी


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

 

नेकपा एमालेले सबै केन्द्रीय सदस्यहरूलाई सम्बन्धित जिल्लामै फर्काउने निर्णय गरेको छ ।

बुधबार च्यासलमा बसेको सचिवालय बैठकले वर्ष एक वर्षका लागि सम्बन्धित भूगोलभन्दा बाहिर पठाइएका पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई उनीहरूकै जिल्लामा फर्काउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउ ।

‘हामीले एक वर्षअघि केन्द्रीय सदस्यहरूलाई सम्बन्धिसत भूगोलभन्दा बाहिर पठाएका थियौँ’, उनले भने, ‘अब उहाँहरूलाई आफ्नै कार्यक्षेमतमा पठाएका छौँ । अब सबे केन्द्रीय सदस्यहरूलाई प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मा दिँदैछौँ । निर्वाचन क्षेत्र समन्वय कमिटीलाई आधार बनाएर सबैको कार्यविभाजन हुनेछ । केन्द्रले निर्वाचन क्षेत्रलाई कार्यविभाजनको इकाइ बनाएको छ। अब त्यहीअनुसार नेताहरू परिचालित हुने छन् ।’

एमाले कार्यविभाजनको नयाँ मापदण्डअनुसार अब प्रदेश कमिटीहरूले पालिकालाई आधार बनाएर कार्यविभाजन गर्नेछन् । त्यस्तै जिल्ला कमिटीले वडालाई आधार बनाएर नेता परिचालन गर्ने छन् । पालिकाले पालिकाले टोललाई र टोलले प्रत्येक घरका कार्यकर्तालाई लक्षित गरेर कार्यविभाजन गर्ने ज्ञवालीले बताएका छन्।

उनले सबै जिल्ला कमिटीहरूलाई यही साउन महिनाभित्रमा २०८१ को पार्टी सदस्यता नवीकरण गर्न निर्देशन दिने निर्णय पनि गरेको बताए ।

ज्ञवालीका अनुसार यो वर्ष ६६ वटा जिल्ला कमिटीको अधिवेशन सकिएकव छ। अब ११ जिल्लामा अधिवेशनमा आगामी कात्तिक भित्र सक्ने गरी निर्देशन दिइएको पनि उनले बताए ।

अधिवेशन हुन बाँकी जिल्लाका अहिले भएका कमिटीलाई समन्वय कमिटीमा रुपान्तरण गरेर अब २० प्रतिपशतसम्म सदस्य मनोनयन गर्न पाउने प्रावधान राखिएको ज्ञवालीले बताए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : ०८ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र