मेस्सीको काखमा नाबालक यमल : १६ वर्ष पुरानो फोटोको अन्तरकथा « Khabarhub

मेस्सीको काखमा नाबालक यमल : १६ वर्ष पुरानो फोटोको अन्तरकथा


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जोन मोनफोर्टले करिब १६ वर्षअघि च्यारिटी क्यालेन्डरका लागि खिचेको स्टार फुटबलर लियोनेल मेस्सी र एक नवजात बच्चाको फोटो अहिले खुबै भाइरल भइरहेको छ ।

उक्त तस्बिर खिच्दा मोनफोर्टले सोचेका पनि थिएनन्, स्टार फुटबलरको काखमा रहेका बच्चा भविष्यको फुटबल स्टार बन्नेछ ।

तर त्यसबेलै लामो कपालसहितका अर्जेन्टिनाका युवा फुटबलर मेस्सीले फुटबल जगतमा तहल्का मच्चाउने अनुमान उनले त्यसबेलै गरेका थिए ।

उनले उक्त फोटो खिच्ने क्रममा मेस्सीको काखमा लपेटिएका ती शिशुले सानै उमेरमा आफ्नो कौशलका कारण फुटबल दुनियाँलाई चकित पार्ने अनुमान गरेका थिएनन् ।

पछिल्ला केही दिनमा भाइरल भइरहेको यस तस्बिरमा मेस्सीले जुन शिशुलाई आफ्नो काखमा लिएका थिए । उनी अरू कोही नभएर कलिलै उमेरमा विश्व फुटबल जगतलाई चकित पारेका लामिन यमल हुन् ।

केबल १६ वर्षकै उमेरमा उनले स्पेनका लागि डेब्यु गर्दै फुटबल जगतमा गतिलो छाप छाडिसकेका छन् । यमलको तुलना अहिलेबाटै दिग्गज फुटबलरसँग गर्न थालिएको छ ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका उनी जर्मनीमा चलिरहेको युरोपियन च्याम्पियनशिपमा अहिलेसम्मकै कम उमेरका खेलाडी बनेका छन् ।

यमलका पिताले गत साता मात्रै सन् २००७ मा खिचिएको उक्त तस्बिरलाई इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका थिए , ‘दुई महान् खेलाडीको सुरुवात ।’

एसोसिएटेड प्रेस र अन्य संस्थानका लागि फ्रिलान्स फोटोग्राफरका रूपमा काम गर्ने ५६ वर्षीय मोनफोर्टले यो फोटो सन् २००७ मा बार्सिलोनाको क्याम्प नोउस्थित आगन्तुकको लकर रूममा खिचिएको बताएका छन् ।

त्यसबेला यमल केही महिनाका मात्रै थिए । बार्सिलोनाका खेलाडीहरूले स्थानीय समाचारपत्र डियारियो स्पोर्ट र युनिसेफको वार्षिक च्यारिटी अभियानका सदस्यका रुपमा एक क्यालेन्डरका लागि बच्चा र उनका परिवारसँग फोटो खिचाएका थिए ।

मोनफोर्टले त्यसबेलाको याद गर्दै भनेका छन्, ‘बच्चासँग फुटलबरको फोटो खिच्नु सजिलो थिएन । किनकी त्यसबेला २० वर्षीय फुटबलर मेस्सीलाई केही महिने बच्चा यमलसँग कसरी संवाद गर्ने, कसरी मनाउने कुनै ज्ञान थिएन ।’

उनका अनुसार त्यसबेलादेखि नै मेस्सी अन्तरमुखी थिए । ‘मेस्सी धेरै नै अन्तरमुखी व्यक्ति हुन्, उनी उत्तिकै लजालु पनि छन् ।’

मेस्सीले जस्तै यमलले पनि बार्सिलोनाकै युवा एकाडेमीबाट मुख्य टोलीसम्मको यात्रा तय गरेका हुन् । यमल पनि मेस्सी जस्तै सानै उमेरमा स्टार फुटबलर भएर उदाइसकेका छन् ।

यमलले फ्रान्सविरुद्ध जारी प्रतियोगिताकै उत्कृष्ट गोल हानेपछि उनै आफ्ना आइडल मेस्सीसँगको फोटो हालेका छन् ।

उनले आफ्नो एक्स एकाउन्टको पिनमा पनि मेस्सीकै फोटो राखेका छन् । जहाँ उनले मेस्सीलाई आफूसँग खिचेको फोटो राखेर जन्मदिनको शुभकामना दिएका थिए ।

फ्रान्सलाई २-१ ले हराएर फाइनलमा यात्रा गरिसकेपछि यमलले एक्स एकाउन्टमा माया लाग्दो फोटो हालेका छन् । उक्त फोटोमा मेस्सीको काखमा देखिएका नवजात शिशु उनै यमल हुन् । एक्समा उक्त फोटोसहित उनले लेखेका छन्, ‘रिबोर्न’, अर्थात् पुनर्जन्म ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : १५ बजे

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती

एमाले महाधिवेशन अगाडि घरदैलो अभियान

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि

शिलान्यास भएको चार वर्षपछि ‘कभर्ड हल’ निर्माण सुरु

कैलाली– कैलालीको टीकापुर नगरपालिकामा शिलान्यास भएको चार वर्षपछि ‘इन्डोर गेम्स’

उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी नगरपालिका–४ बसाहामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

एनपीएलः सर्वाधिक विकेट लिनेको सूचीमा अविनास अगाडि बढ्दा पछाडि परे सन्दीप

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक विकेट लिने खेलाडीको