मेस्सीको काखमा नाबालक यमल : १६ वर्ष पुरानो फोटोको अन्तरकथा « Khabarhub

मेस्सीको काखमा नाबालक यमल : १६ वर्ष पुरानो फोटोको अन्तरकथा


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जोन मोनफोर्टले करिब १६ वर्षअघि च्यारिटी क्यालेन्डरका लागि खिचेको स्टार फुटबलर लियोनेल मेस्सी र एक नवजात बच्चाको फोटो अहिले खुबै भाइरल भइरहेको छ ।

उक्त तस्बिर खिच्दा मोनफोर्टले सोचेका पनि थिएनन्, स्टार फुटबलरको काखमा रहेका बच्चा भविष्यको फुटबल स्टार बन्नेछ ।

तर त्यसबेलै लामो कपालसहितका अर्जेन्टिनाका युवा फुटबलर मेस्सीले फुटबल जगतमा तहल्का मच्चाउने अनुमान उनले त्यसबेलै गरेका थिए ।

उनले उक्त फोटो खिच्ने क्रममा मेस्सीको काखमा लपेटिएका ती शिशुले सानै उमेरमा आफ्नो कौशलका कारण फुटबल दुनियाँलाई चकित पार्ने अनुमान गरेका थिएनन् ।

पछिल्ला केही दिनमा भाइरल भइरहेको यस तस्बिरमा मेस्सीले जुन शिशुलाई आफ्नो काखमा लिएका थिए । उनी अरू कोही नभएर कलिलै उमेरमा विश्व फुटबल जगतलाई चकित पारेका लामिन यमल हुन् ।

केबल १६ वर्षकै उमेरमा उनले स्पेनका लागि डेब्यु गर्दै फुटबल जगतमा गतिलो छाप छाडिसकेका छन् । यमलको तुलना अहिलेबाटै दिग्गज फुटबलरसँग गर्न थालिएको छ ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका उनी जर्मनीमा चलिरहेको युरोपियन च्याम्पियनशिपमा अहिलेसम्मकै कम उमेरका खेलाडी बनेका छन् ।

यमलका पिताले गत साता मात्रै सन् २००७ मा खिचिएको उक्त तस्बिरलाई इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका थिए , ‘दुई महान् खेलाडीको सुरुवात ।’

एसोसिएटेड प्रेस र अन्य संस्थानका लागि फ्रिलान्स फोटोग्राफरका रूपमा काम गर्ने ५६ वर्षीय मोनफोर्टले यो फोटो सन् २००७ मा बार्सिलोनाको क्याम्प नोउस्थित आगन्तुकको लकर रूममा खिचिएको बताएका छन् ।

त्यसबेला यमल केही महिनाका मात्रै थिए । बार्सिलोनाका खेलाडीहरूले स्थानीय समाचारपत्र डियारियो स्पोर्ट र युनिसेफको वार्षिक च्यारिटी अभियानका सदस्यका रुपमा एक क्यालेन्डरका लागि बच्चा र उनका परिवारसँग फोटो खिचाएका थिए ।

मोनफोर्टले त्यसबेलाको याद गर्दै भनेका छन्, ‘बच्चासँग फुटलबरको फोटो खिच्नु सजिलो थिएन । किनकी त्यसबेला २० वर्षीय फुटबलर मेस्सीलाई केही महिने बच्चा यमलसँग कसरी संवाद गर्ने, कसरी मनाउने कुनै ज्ञान थिएन ।’

उनका अनुसार त्यसबेलादेखि नै मेस्सी अन्तरमुखी थिए । ‘मेस्सी धेरै नै अन्तरमुखी व्यक्ति हुन्, उनी उत्तिकै लजालु पनि छन् ।’

मेस्सीले जस्तै यमलले पनि बार्सिलोनाकै युवा एकाडेमीबाट मुख्य टोलीसम्मको यात्रा तय गरेका हुन् । यमल पनि मेस्सी जस्तै सानै उमेरमा स्टार फुटबलर भएर उदाइसकेका छन् ।

यमलले फ्रान्सविरुद्ध जारी प्रतियोगिताकै उत्कृष्ट गोल हानेपछि उनै आफ्ना आइडल मेस्सीसँगको फोटो हालेका छन् ।

उनले आफ्नो एक्स एकाउन्टको पिनमा पनि मेस्सीकै फोटो राखेका छन् । जहाँ उनले मेस्सीलाई आफूसँग खिचेको फोटो राखेर जन्मदिनको शुभकामना दिएका थिए ।

फ्रान्सलाई २-१ ले हराएर फाइनलमा यात्रा गरिसकेपछि यमलले एक्स एकाउन्टमा माया लाग्दो फोटो हालेका छन् । उक्त फोटोमा मेस्सीको काखमा देखिएका नवजात शिशु उनै यमल हुन् । एक्समा उक्त फोटोसहित उनले लेखेका छन्, ‘रिबोर्न’, अर्थात् पुनर्जन्म ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : १५ बजे

झापा-५ : केपी-बालेनका ‘डमी’सहित अन्तिम परिणाम कुर्दै समर्थक (तस्बिरहरू)

काठमाडौं–  झापा क्षेत्र नम्बर ५ मा मतगणनाको नतिजा सार्वजनिक हुन अझै

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै