जनमतमा सचिव साहसहित सातजना निलम्बित | Khabarhub Khabarhub

जनमतमा सचिव साहसहित सातजना निलम्बित


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीले राष्ट्रिय सचिव विश्वेश्वर प्रसाद साह (वीपी)सहित ७ जनालाई निलम्बन गरेको छ । जनमतले बुधबार विज्ञप्ति जारी गरेर पार्टी सचिव साहसँगै ७ जनालाई निलम्बन गरिएको जनाएको छ । 

पार्टीको केन्द्रीय अनुशासन विभागकी सदस्य सचिव अनिताकुमारी मण्डलका अनुसार साहसँगै केन्द्रीय सदस्य रामेश्वर यादव पनि निलम्बनमा परेका छन् । 

जनमतले सिराहाको मिर्चैया नगरपालिका ठेगाना भएका नगर सचिव कृष्णचन्द्र साह, पूर्व नगर सचिव दिपनारायण साह, विद्यार्थी नेता अरबिन्द साह, साधारण सदस्य धिरज कामती र वडा प्रत्यासी अनिताकुमारी यादव पनि निलम्बन गरिएको छ । 

सदस्य सचिव मण्डलले असार २० गते मध्य बानेश्वरस्थित केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनीहरूलाई निलम्बन गरिएको बताइन् । 

आन्तरिक छानविन समितिको प्रतिवेदनमाथि विचार गर्दै जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरित ढंगले अनुशासनहिनता प्रर्दशन गरिएकोले सातै जनालाई बुधबारबाट लागू हुने गरी ३ महिनाका लागि निलम्बन गरिएको उनले बताइन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ५३ बजे

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा