जनमतमा सचिव साहसहित सातजना निलम्बित « Khabarhub

जनमतमा सचिव साहसहित सातजना निलम्बित


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीले राष्ट्रिय सचिव विश्वेश्वर प्रसाद साह (वीपी)सहित ७ जनालाई निलम्बन गरेको छ । जनमतले बुधबार विज्ञप्ति जारी गरेर पार्टी सचिव साहसँगै ७ जनालाई निलम्बन गरिएको जनाएको छ । 

पार्टीको केन्द्रीय अनुशासन विभागकी सदस्य सचिव अनिताकुमारी मण्डलका अनुसार साहसँगै केन्द्रीय सदस्य रामेश्वर यादव पनि निलम्बनमा परेका छन् । 

जनमतले सिराहाको मिर्चैया नगरपालिका ठेगाना भएका नगर सचिव कृष्णचन्द्र साह, पूर्व नगर सचिव दिपनारायण साह, विद्यार्थी नेता अरबिन्द साह, साधारण सदस्य धिरज कामती र वडा प्रत्यासी अनिताकुमारी यादव पनि निलम्बन गरिएको छ । 

सदस्य सचिव मण्डलले असार २० गते मध्य बानेश्वरस्थित केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनीहरूलाई निलम्बन गरिएको बताइन् । 

आन्तरिक छानविन समितिको प्रतिवेदनमाथि विचार गर्दै जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरित ढंगले अनुशासनहिनता प्रर्दशन गरिएकोले सातै जनालाई बुधबारबाट लागू हुने गरी ३ महिनाका लागि निलम्बन गरिएको उनले बताइन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ५३ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा