विपद्बाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन « Khabarhub

विपद्बाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

कठमाडौं नेपाली कांग्रेसले मुलुकभर आएको बाढीपहिरो लगायतका प्राकृतिक विपद्मा परी मानवीय क्षति तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांगेसले आज विज्ञप्तिमार्फत उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको उल्लेख गर्दै सम्पूर्ण पीडितको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ । 

कांग्रेसले प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय तथा भौतिक क्षति रोक्न तीनवटै तहका सरकारसँग आग्रह गरेको छ ।

‘सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेस सरकारसँग आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले प्रभावित जिल्लाका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबैले एकापसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका जनशक्तिलाई परिचालन गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन अपिल गरेको छ ।

केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपद्मा परी ठूलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपद्बाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ । देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपद्मा परी ठूलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपद्बाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ । देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ४ : २९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन