प्रचण्डको गुनासो- कांग्रेससँग सहमति गरेर पनि ओलीले समर्थन छ भन्दै झुक्याए « Khabarhub

प्रचण्डको गुनासो- कांग्रेससँग सहमति गरेर पनि ओलीले समर्थन छ भन्दै झुक्याए


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढाँटछल गरेर नेकपा एमालेले नेपाली कांग्रेससँग नयाँ गठबन्धन गरेको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा प्रचण्डले कांग्रेससँगको सहमतिपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई झुक्याएको बताए । कांग्रेससँग सहमतिपछि पनि ओलीले आफ्नो सरकारलाई समर्थन गरिरहने भनेर ढाँटेको गुनासो प्रचण्डले गरेका छन् । 

आफूले सदनमा विश्वासको मत लिएपछि संसद्‌मा सशक्त भूमिका निर्वाह गर्न सबै दलहरूलाई एकठाउँमा ल्याउने प्रचण्डले बताएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्दै अन्य दलसँग पनि विश्वासको मतका लागि अपील गर्ने निर्णय गरेको पाण्डेले बताए ।

संवैधानिक व्यवस्थाअनुसार नै विश्वासको मत लिन लागेकाले त्यसपछिको अवस्थामा पनि त्यहीअनुसार सरकार बन्ने दाहालले बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कसरी अघि बढ्ने भन्नेबारे पार्टीले थप रणनीति बनाउने जानकारी पाण्डेले दिएका छन् । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ०० बजे

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा