प्रचण्डको गुनासो- कांग्रेससँग सहमति गरेर पनि ओलीले समर्थन छ भन्दै झुक्याए « Khabarhub

प्रचण्डको गुनासो- कांग्रेससँग सहमति गरेर पनि ओलीले समर्थन छ भन्दै झुक्याए


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढाँटछल गरेर नेकपा एमालेले नेपाली कांग्रेससँग नयाँ गठबन्धन गरेको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा प्रचण्डले कांग्रेससँगको सहमतिपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई झुक्याएको बताए । कांग्रेससँग सहमतिपछि पनि ओलीले आफ्नो सरकारलाई समर्थन गरिरहने भनेर ढाँटेको गुनासो प्रचण्डले गरेका छन् । 

आफूले सदनमा विश्वासको मत लिएपछि संसद्‌मा सशक्त भूमिका निर्वाह गर्न सबै दलहरूलाई एकठाउँमा ल्याउने प्रचण्डले बताएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्दै अन्य दलसँग पनि विश्वासको मतका लागि अपील गर्ने निर्णय गरेको पाण्डेले बताए ।

संवैधानिक व्यवस्थाअनुसार नै विश्वासको मत लिन लागेकाले त्यसपछिको अवस्थामा पनि त्यहीअनुसार सरकार बन्ने दाहालले बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कसरी अघि बढ्ने भन्नेबारे पार्टीले थप रणनीति बनाउने जानकारी पाण्डेले दिएका छन् । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ०० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल