११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रियो | Khabarhub Khabarhub

११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रियो


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उक्त रेमिट्यान्स भित्रिएको बताएको छ । 

बैंकले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनामा गत वर्षको तुलनामा २२.७ प्रतिशतले रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २६२,७०५ रहेको बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४५९,४१५२६०,२६२ रहेको थियो । 

११ महिनाको अवधिमा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४४३ अर्ब ६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : १५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’