नेपालको वैदेशिक व्यापार : ११ महिनामा साढे १४ खर्बको आयात, निर्यात डेढ खर्ब नजिक « Khabarhub

नेपालको वैदेशिक व्यापार : ११ महिनामा साढे १४ खर्बको आयात, निर्यात डेढ खर्ब नजिक


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले ११ महिनामा साढे १४ खर्ब बराबरको आयात गरेको छ भने झण्डै साढे एक अर्ब बराबरको निर्यात गरेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.० प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकमध्ये भारतबाट भएको आयात ३.१ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४.८ प्रतिशतले बढेको छ र अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, विद्युतीय उपकरण, हवाईजहाजको स्पेयर पार्टपुर्जा, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

त्यस्तै समीक्षा अवधिमा कुल वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई रु.१३९ अर्ब २६ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैँचा, ब्रान्स, चिया लगायतका वस्तुको निर्यात घटेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : २० बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी