भारतसँग युक्रेनमा युद्ध रोक्न पुटिनलाई आग्रह गर्ने क्षमता छ : ह्वाइट हाउस | Khabarhub Khabarhub

भारतसँग युक्रेनमा युद्ध रोक्न पुटिनलाई आग्रह गर्ने क्षमता छ : ह्वाइट हाउस


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भारतसँग युद्ध रोक्नका लागि रुससँग आग्रह गर्ने सामथ्र्य रहेको बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति पुटिनले अँकमाल गरेको तस्बिर सार्वजनिक भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निराशा व्यक्त गरेका थिए त्यसपछि ह्वाइट हाउसको यस्तो प्रतिक्रिया आएको हो ।  

ह्वाइट हाउसकी प्रेस सचिव केरिनजिन पियरेले प्रेस वार्ताका क्रममा भारतसँग रुसलाई युद्ध रोक्नका लागि आग्रह गर्न सक्ने सामथ्र्य रहेको बताएकी हुन् । 

‘लामो र घनिष्ट सम्बन्धका कारण भारतले रुसलाई क्रूर युद्ध रोक्न आग्रह गर्न सक्छ । भारत र हाम्रो एक रणनीतिक साझेदार भएका कारण हामी पूर्ण रुपमा खुला कुरा गर्छौं, जसमा भारत र रुसको सम्बन्ध पनि पर्छ । यसका बारेमा हामीले पहिले पनि कुरा गरिसकेका छौँ,’ उनले भनिन् । 

प्रेस सचिव पियरेले युद्धको सुरुवात गर्न सक्ने रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युद्ध स्थगन पनि गर्न सक्ने पनि बताइन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ४६ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा