भारतसँग युक्रेनमा युद्ध रोक्न पुटिनलाई आग्रह गर्ने क्षमता छ : ह्वाइट हाउस « Khabarhub

भारतसँग युक्रेनमा युद्ध रोक्न पुटिनलाई आग्रह गर्ने क्षमता छ : ह्वाइट हाउस


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भारतसँग युद्ध रोक्नका लागि रुससँग आग्रह गर्ने सामथ्र्य रहेको बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति पुटिनले अँकमाल गरेको तस्बिर सार्वजनिक भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निराशा व्यक्त गरेका थिए त्यसपछि ह्वाइट हाउसको यस्तो प्रतिक्रिया आएको हो ।  

ह्वाइट हाउसकी प्रेस सचिव केरिनजिन पियरेले प्रेस वार्ताका क्रममा भारतसँग रुसलाई युद्ध रोक्नका लागि आग्रह गर्न सक्ने सामथ्र्य रहेको बताएकी हुन् । 

‘लामो र घनिष्ट सम्बन्धका कारण भारतले रुसलाई क्रूर युद्ध रोक्न आग्रह गर्न सक्छ । भारत र हाम्रो एक रणनीतिक साझेदार भएका कारण हामी पूर्ण रुपमा खुला कुरा गर्छौं, जसमा भारत र रुसको सम्बन्ध पनि पर्छ । यसका बारेमा हामीले पहिले पनि कुरा गरिसकेका छौँ,’ उनले भनिन् । 

प्रेस सचिव पियरेले युद्धको सुरुवात गर्न सक्ने रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युद्ध स्थगन पनि गर्न सक्ने पनि बताइन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ४६ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर