समितिसँग सहकारी पीडितको गुनासो- सरकारले हाम्रा कुरा सुन्दै सुनेन « Khabarhub

समितिसँग सहकारी पीडितको गुनासो- सरकारले हाम्रा कुरा सुन्दै सुनेन


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गरेको छ ।

सिंहदरबारमा बुधबार समितिले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे पीडितहरूसँग छलफल गरेको हो ।

त्यस क्रममा उनीहरूले बचत फिर्ताका लागि आन्दोलन गरे पनि सरकारले आफूहरूको समस्या नसुनेको गुनासो गरेका थिए ।

त्यस्तै उनीहरूले अधिकांश सहकारी ठगहरू स्वदेशमा रहे पनि सरकारले देश बाहिर रहेका सहकारीलाई मात्र खोज्ने प्रयास गरेको बताएका छन् ।

समिति संयोजक सूर्य थापाले सहकारी पीडितलाई न्याय दिन आवश्यक सुझाव दिन पीडितहरूसँग छलफल गरेको बताएका छन् ।

बचतको अपचलन गर्ने नियतका साथ आएका सहकारीले ठगी गरेकाले सबै सहकारीले ठगी गरेको नबुझ्न उनले पीडितहरूलाई आग्रह गरे ।

संयोजक थापाले तथ्यप्राप्त गर्न जेलमा रहेका सहकारी ठगी गर्नेलाई पनि सोधपुछ गर्ने बताएका छन् ।

सहकारी ठगी गरेर विदेशमा लुकेकालाई पनि नेपाल ल्याउन आवश्यक कानुनबारे जानकारी लिएको उनले बताए ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ५७ बजे

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९