स्थिर सरकारका लागि कांग्रेस–एमाले एकै ठाउँमा आयौँ : महामन्त्री शर्मा « Khabarhub

स्थिर सरकारका लागि कांग्रेस–एमाले एकै ठाउँमा आयौँ : महामन्त्री शर्मा


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताएका छन् । 

झापामा आज आयोजित कार्यक्रममा उनले पटकपटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सिर्जना गरेकाले त्यसलाई रोक्न दुई दल एकमत भएको बताएका हुन् ।

महामन्त्री शर्माले दुवै दलको सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारको नेतृत्व गर्ने स्पष्ट पारे ।

‘एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले काँध हाल्छ’, उनले भने, ‘त्यही सरकारले मुलुकको वर्तमान संकट समाधान गर्नेमा हामी आशावादी छौँ ।’

स्थानीय क्षेत्रको विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य शर्माले फरक आस्था र विचारबाट निर्वाचन जितेर आए पनि साझा प्रतिनिधि बनेर जनताको काम गर्न लाग्नुपर्नेमा जोड दिए। 

उनले त्यस अवसरमा मेचीनगर–५ स्थित सिर्जना चोकमा मेचीनगर सहलगानी आयोजनाअन्तर्गत चार सय ५० घनमिटरको ओभरहेड ट्यांकीको आज शिलान्यास गरे। 

उक्त आयोजनाअन्तर्गत मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआली र बाहुनडाँगी क्षेत्रमा खानेपानीका विभिन्न परियोजना सञ्चालन भइरहेका काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले जानकारी दिए। 

ओभरहेड ट्याङ्कीसहितको परियोजना मूल्य अभिवृद्धि करसहित कूल १० करोड ४८ लाख १९ हजार  लागतमा निर्माण हुन लागेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ग्लोबल दिपेश जेभी काठमाडौँले काम गरिरहेको छ । कूल लागतमध्ये रु एक करोड ३१ लाख काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र रु नौ करोड १७ लाख १७ हजार संघीय सरकारले व्यहोर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

यहाँ चार सय ५० घनमिटर र दुई सय २५ घनमिटरका गरी दुईवटा ओभरहेड ट्यांकी, चारवटा बोरिङ, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा ट्रिटमेन्ट प्रणाली, ३५ किलोमिटर पाइपलाइन विस्तार र कार्यालय भवन निर्माण गरिने उनले बताए। 

शिलान्यास समारोहमा संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेलगायतले परियोजनाको काम निर्धारित समयमै गुणस्तरीय रूपमा हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ६ : ४८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई