६० केजी सुन तस्करी प्रकरण : १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश | Khabarhub Khabarhub

६० केजी सुन तस्करी प्रकरण : १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमडाौं – काठमाडौं जिल्ला अदालतले ६० किलोग्राम सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेकाहरूमध्ये ३ जनालाई धरौटीमा छाड्न र १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बधुबार जिल्ला अदालतका न्यायाधीश कपिलमणी गौतमको इजलासले राजु थापा भन्ने प्रेमनाथ सेढाईंलाई ५७ लाख, थर्कमान लामा भन्ने कान्छा लामालाई ९६ लाख र रूपन भण्डारीलाई ९६ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यो प्रकरणमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जना पक्राउ परेका थिए ।

दोस्रो चरणको अनुसन्धानका सिआइबीले भारतीय नागरिक प्रशान्तगणेश वजवलकर, सिद्धनाथअशोक गायकवाड, बैजनाथमहादत्त गोयल, धीरजदिनेश वैट, पर्सा वीरगञ्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रुपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङलाई पक्राउ गरेका थियो ।

दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापनमा योजनाबद्ध रुपमा सङ्लग्नहरुमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ४५ बजे

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो

गोदावरी – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति

‘अनलाइन’ जुवामा संलग्न २४ जना पक्राउ

काठमाडौं – ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा

गण्डकी – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने

नयाँदिल्ली – भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट

प्रचण्डले कार्यकर्तालाई अँगालो हाल्दा माधवलाई सकस

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकजना कोटधारी नेतालाई घप्लक्कै