६० केजी सुन तस्करी प्रकरण : १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश « Khabarhub

६० केजी सुन तस्करी प्रकरण : १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमडाौं – काठमाडौं जिल्ला अदालतले ६० किलोग्राम सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेकाहरूमध्ये ३ जनालाई धरौटीमा छाड्न र १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बधुबार जिल्ला अदालतका न्यायाधीश कपिलमणी गौतमको इजलासले राजु थापा भन्ने प्रेमनाथ सेढाईंलाई ५७ लाख, थर्कमान लामा भन्ने कान्छा लामालाई ९६ लाख र रूपन भण्डारीलाई ९६ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यो प्रकरणमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जना पक्राउ परेका थिए ।

दोस्रो चरणको अनुसन्धानका सिआइबीले भारतीय नागरिक प्रशान्तगणेश वजवलकर, सिद्धनाथअशोक गायकवाड, बैजनाथमहादत्त गोयल, धीरजदिनेश वैट, पर्सा वीरगञ्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रुपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङलाई पक्राउ गरेका थियो ।

दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापनमा योजनाबद्ध रुपमा सङ्लग्नहरुमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ४५ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा