मनसुन पुनः सक्रिय हुँदै, राति हल्कादेखि मुसलधारे वर्षाको सम्भावना « Khabarhub

मनसुन पुनः सक्रिय हुँदै, राति हल्कादेखि मुसलधारे वर्षाको सम्भावना


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि नेपालमा मनसुन पुनः सक्रिय हुने बताएको छ ।

बुधबार एक सुचना जारी गर्दै महाशाखाले आगामी तीन दिन ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी दिएको हो । कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने महाशाखाले जनाएको छ ।

आगामी तीन दिन बाढी, पहिरो, डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

आज राति कोशी, बागमती र गण्डकीसहित मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएको छ ।

मनसुनी न्यूनचापीय रेखा आज रातिबाट नेपालतिर सर्ने भएको र पश्चिमी न्यून प्रणाली पनि सक्रिय हुने सम्भावना रहेकाले धेरै पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका १३, मधेशका ८, बागमतीका ७, गण्डकीका ९, लुम्बिनीका ६ जिल्ला उच्च जोखिममा रहेका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : २१ बजे

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई